महान्यायाधीवक्ताको सर्कुलरविरुद्ध सवोर्च्चमा रिट

काठमाडौं, २९ पुस। पत्रकार डेकेन्द्र गापाको हत्यामा संलग्नमाथि भइरहेको अनुसन्धान प्रभावित गर्नेगरी महान्यायाधीवक्ता मुक्ति प्रधानले जारी गरेको सर्कुलर कार्यान्वयन नगर्न माग गर्दै सवोर्च्च अदालतमा आइतबार रिट दायर भएको छ।

अधिवक्ता गोविन्द शर्मा बन्दीले महान्यायाधीवक्ता कार्यालयबाट जारी गरिएको सर्कुलर खारेज गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका हुन्। हत्यामाथिको छानबिन प्रभावित गर्नेगरी सर्कुलर जारी गर्नु महान्यायाधीवक्ताको क्षेत्राधिकार भन्दा बाहिर भएको रिटमा दाबी गरिएको छ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधीवक्तालाई प्रधानलाई विपक्षी बनाएर दायर गरिएको रिटमा महान्यायाधीवक्ता कार्यालयबाट जारी सर्कुलर फौजदारी न्यायविपरीत भएको जिकिर गरिएको छ।

यसैबीच नेपाल बार एशोसिएनले पत्रकार हत्यामा संलग्नमाथिको अनुसन्धान प्रभावित गर्ने काम फौजदारी कानुनविपरीत भएको जनाएको छ।

महासचिव विजय मिश्रले जारी गरेको विज्ञप्तिमा गठनै नभएको सत्य निरूपण आयोगको कुरा निकालेर छानबिन प्रभावित गर्न खोज्नु आपत्तिपूर्ण भएको उल्लेख छ।

यसैबीच प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानबिन गरेर कारबाही भए शान्ति प्रक्रिया भ· हुने चेतावनी दिएका छन्। द्वन्द्वकालमा भएका घटनाको यसरी छानबिन गरिए द्वन्द्वकालमा सरकारको नेतृत्व गरेर एमाले र काङ्ग्रेसको नेताहरू पनि तानिने उनको भनाइ थियो। राजधानीमा आयोजना गरिएको कार्यक्रममा सल्लाहकार पौडेलले भने-’आफै हस्ताक्षर गरेको विस्तृ शान्ति सम्झौताको विरोध गरे कहीँ पुगिँदैन। शान्ति सम्झौताबाट टुङ्गएिका कुरा अहिले उठाएर शान्ति सम्झौता भ· गर्ने षड्यन्त्र भइरहेको छ।’

माओवादी पोलिट्ब्यूरो सदस्य समेत रहेका पौडेलले द्वन्द्वकालको घटनाको सत्य निरूपण तथा मेलमिलाप आयोगबाट घटनाको छानबिन गरे मिलाउनुपर्ने भन्दै यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरूले आन्दोलन गरे सरकार चुप लागेर नबस्ने चेतावनी दिए।

उनले भने-’यसलाई लिएर विपक्षीहरू आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ। सरकार पनि उनीहरूले आन्दोलन गरे हामि पनि चुप लागेर बस्दैनौं।’

कार्यक्रममा नेकपा एमालेका सचिव शंकर पोखरेलले सत्य निरूपण आयोगको जामा पहिर्‍याएर जघन्य मानवता विरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दाबी गर्दै पत्रकार डेकेन्द्र थापाको हत्याकाण्डको छानबिन रोकिए त्यसका विरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिए।

उनले द्वन्द्वकाकालमा भएका प्रतिशोधपूर्ण घटनाको सम्बन्धमा मात्रै सत्य निरूपण तथा मेलमिलाप आयोगले मेलमिलाप गराउन सक्ने भन्दै यस्ता मानवताविरोधी घटनाको सर्न्दर्भमा कानुनी कारबाहीको सिफारिसबाहेक केही गर्न नसक्ने स्पष्ट गरे।

उनले भने-’आयोग गठन भए पनि यस्ता हत्या, बलात्कार, मानवअधिकार र गैरन्यायिक हत्याको कारबाही न्यायालले नै गर्ने हो। प्रधानमन्त्रीले आयोगको काम समेत नबुझि प्रतिक्रिया दिएका छन्।’

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पत्रकार हत्याको छानबिन रोक्ने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाएको भन्दै काङ्ग्रेस पत्रकार हत्यासहितका विषयलाई लिएर सडक आन्दोलनमा जाने चेतावनी दिए। उनले भने-’यस्ता प्रधानमन्त्रीलाई अझै सत्तामा राख्ने भए मुलुक अझै लज्जित हुनुपर्छ।’ प्रधानमन्त्रीले सत्य निरूपण तथा मेलमिलाप आयोगको अर्थ नै नबुझेको दाबी गर्दै आयोगले मानवताविरोधी, मानवअधिकार विरोधी, बलात्कारको घटनालाई मिलाउन नसक्ने स्मरण गराए।

- अादर्श समाज सम्वाददाता