लेखनाथ नगरपालिकाको १९औं नगरपरिषद् आगामी आर्थिक वर्षका लागि १५ करोड पा“च लाखको बजेट प्रस्तुत

लेखनाथ, २९ पुस।लेखनाथ नगरपालिकाको १९ औं नगर परिषद्बाट आगामी आर्थिक वर्ष २०७०/७१ का लागि १५ करोड पाँच लाख ८७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। गत पुस २ गते देखि वडा तहदेखि बोर्ड संयन्त्रबाट पारित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित प्रस्थावित बजेट आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

उल्लेखित बजेट सार्वजनिक गर्दै लेखनाथ नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत शिवप्रसाद रिजालले राजनीतिक पार्टीप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी रहेको बोर्ड बैठकले जनस्तरलाई समेट्ने गरी परिवर्तन एवं परिमाण मुखी बजेट ल्याएको जानकारी दिए।

चालु आर्थिक बर्षका लागि १४ करोड ६३ लाख पाँच हजार नौ सय रूपैयाँको बजेट रहेको थियो भने आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट ३ दशमलव ० प्रतिशतले बढी छ। प्रस्तुत गरिएको बजेटको पूँजीगततर्फ आठ करोड ३१ लाख ३३ हजार रहेको छ। जुन गत वर्षको भन्दा नौ दशमलव ४६ ले बढी छ भने चालु तथा कार्यक्रमतर्फ छ करोड ७६ लाख ५४ हजार रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको पूर्वधार तथा संरचना विकासतर्फ पाँच करोड ५६ लाख, कृषि वन तथा वातावरणतर्फ ८९ लाख, जनसङ्ख्या तथा सामाजिकतर्फ छ करोड पाँच लाख ३७ हजार, स·ठन तथा प्रशासन तर्फ एक करोड ९२ लाख ५० हजार र जलस्रोत तथा भूमितर्फ ६५ लाख व्यय हुने अनुमान गरिएको छ।

उल्लेखित नीति तथा कार्यक्रमहरू पहाडी भेगको खानेपानी, प्रस्तावित र·शालाको भौतिक पुवाधार निर्माण ल्याण्डफिल साइटको निर्माण, ताल संरक्षण, सडक कालोपत्रे, साहित्यिक पर्यटन स्थलको विकासका लागि बजेट विनियोजन गरिएको छ भने साना योजनाभन्दा नगरको वृहत्तर विकासमा योगदान पुर्‍याउन सक्ने ठूला तथा कृषि क्षेत्रलाई प्रबर्द्धन गर्ने खालका कार्यक्रमलाई आगामी वर्षको प्रथामिकता राखिएको छ।

लेखनाथ नगरपालिकाको वृहत्तर विकासका लागि नगरमा आगामी पाँच वर्षमा २५ किलोमिटर कालोपत्रे, ५० किलोमिटर स्तरोन्नति र पाँच किलोमिटर नयाँ ट्रयाक निर्माण गरिने जनाइएको छ। यस्तै सडकको अधिकार क्षेत्रभित्रका जग्गाको लगत कट्टा गरिने, नगर क्षेत्रभित्र सञ्चालन गरिने रियल स्टेट/प्लटिङ कार्य गर्दा अनिवार्य रूपमा नगरपालिकाबाट पूर्व स्वीकृति लिनुपर्ने प्रावधानलाई कडाइका साथ अवलम्बन गरिने कार्यकारी अधिकृत रिजालले जानकारी दिए।

यस्तै पर्यटकीय नगरीका रूपमा समेत बिकसित लेखनाथ नगरपालिकामा पर्यटनसम्बन्धी विशेष कार्यक्रम समेत गरिने भएको छ। त्यसअन्तर्गत विभिन्न पर्यटकीय स्थलको सरकारी, गैरसरकारी तथा विभिन्न सङ्घसंस्थाको पहलमा विकास गरिने जनाइएको छ।

लेखनाथ नगरपालिकाले नगरको पर्यटन विकासका लागि नगरस्तरीय पर्यटन समिति तथा नगरपालिका कार्यालयभित्र पर्यटन विकास म्भकप को समेत व्यवस्था गरिने भएको छ। यस्तै वन उपभोक्ता समूहहरूसँगको समन्व्यमा सम्भाव्य स्थानमा पर्यटकलाई बनाउने विशेष पहल गरिने भएको छ।

यस्तै तालहरूको विकासका लागि पहल गर्ने, रूपातालको साँघुरोमा सस्पेन्सन पुल तथा बन्जिजम्पिङका लागि सम्भाव्यता अध्ययन गर्न सरकारसँग पनि विशेष पहल थाल्ने जानकारी दिइएको छ।

यस्तै करको दायरामा नआएका सबैलाई करको दायरामा ल्याउन कार्यक्रम गर्ने तथा ठूला करदाताको छुट्टै लगतका साथै करको डाटावेश तयार गरिनेछ। भने साक्षरता कक्षा, बालविकास केन्द्रहरूको संचालन अपा·ता भएका व्यक्तिहरूको बिशेष सम्मान, अपा· मैत्री पूर्वाधार सृजना गर्ने नीति लिइने उल्लेख गरिएको छ।

१९ औं नगर परिषद्को निर्णय सार्वजनिक समारोहमा लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारीले स्वागत र इन्जिनियर रविचन्द्र घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए भने नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष वद्रिविनोद प्रतीकले उल्लेखित बजेट जनमुखी र पर्यटन विकासको क्षेत्रमा प्रभावकारी तरिकाले अगाडि बढाउनुपर्ने सुझाव राखेका थिए।

- अादर्श समाज सम्वाददाता