पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा, २९ पुस । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी तेस्रोे पोखरा महोत्सवमा छैटौ दिन पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो।

महोत्सवको मुख्य उद्देश्य शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा दुर्इ सय २० वटा स्टल राखिएको छ भने महोत्सवका स्टलमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक सङ्घसंस्थाको सेवा एवं पर्यटन प्रबर्द्धनका सामग्री राखिएको छ।

नौ दिनसम्म चल्ने उक्त महोत्सवमा दोहोरी गीत प्रतियोगिता, बालउद्यान,विभिन्न मनोरञ्जनात्मक कार्यक्रम एवं ख्यात्रि्राप्त व्याण्ड तथा कलाकारको साङ्गीतिक प्रस्तुती राखिएको छ।छैटौ दिनसम्म करिब एक लाख सात हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए।

महोत्सवमा पाँचौं दिनसम्म करिब एक करोड ४० लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ। छैटौँ दिनमा राष्ट्रियस्तरका कलाकार चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, अमर धिताल, सरस्वती लामिछाने, शंकर विरही गुरुङ, निसा पोखरेल, माया गिरी र पपतर्फ सविन राईलगायतका कलाकारले मनोरन्जन दिएका थिए महोत्सव माघ ३ गते सम्म चल्ने छ।

- अादर्श समाज सम्वाददाता