पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना गर्न माग

पोखरा, २७ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल कास्कीका नेताहरूले दोस्रो जनआन्दोलनमा हटाइएको पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन्।

दुर्इ सय ९१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा राप्रपा नेपाल कास्कीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन्। हाल रहेको लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण गरी पृथ्वीनारायण शाहको शालिक पृथ्वीचोकमा राख्न उनीहरूले माग गरेका हुन्।

अहिलेको परिवर्तनको जग पृथ्वीनारायण शाहको योगदान भएको जिकिर गर्दै उनीहरूले राष्ट्रिय एकता दिवसको रूपमा पुस २७ मा सार्वजनिक विदा दिन र सबैले एकजुट भएर यो दिवस मनाउन पनि आग्रह गरे। कोणसभालाई राप्रपा नेपालका वैकल्पिक केन्द्रीय सदस्यहरू देवीजंग गुरुङ र विष्णुदेवी गुरुङ, कास्कीका सहअध्यक्ष वरुणविक्रम राणा, अध्यक्ष जयलाल पुन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी स·ठनका सहअध्यक्ष विश्वराज पौडेलले सम्बोधन गरेका थिए।

राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएकेा कार्यक्रमको सञ्चालन सहकोषाध्यक्ष गीता गुरुङले गरेकी थिइन्। कोणसभाअघि चिप्लेढुङ्गा बीपीचोकबाट सुरु भएको र्‍याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत गएको थियो। बाजागाजासहित निकालिएको र्‍यालीका सहभागीले बढ्दो मह·ी नियन्त्रण गर, हिन्दू राष्ट्र कायम गर, विदेशी हस्तक्षेप बन्द गर, राष्ट्रिय एकता दिवस कायम गरजस्ता नारालगाएका थिए।

राप्रपा नेपाल कास्की, नेपाल महिला सङ्घ कास्कीका कार्यक्रमले शुक्रबार दिउँसो पोखराको सार्वजनिक यातायात प्रभावित भएको थियो।

नेपाल एकीकरण अभियानको प्रारम्भ गरेका गोर्खाका राजा पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ र मृत्यु १८३१ मा भएको थियो। सुरुमा नेपालको सीमा पूर्वमा टिष्टा नदी, पश्चिममा सतजल नदी र दक्षिणमा मगधसम्म फैलिएको थियो।

उनको जन्म दिवसलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने प्रचलन रहेकोमा दोस्रो जनआन्दोलनपछि सरकारले उक्त प्रचलनलाई खारेज गरेको थियो।

- अादर्श समाज सम्वाददाता