छैटौं हिसान कास्की स्पोर्टस् मिट -२०६९ को तयारी पूरा

पोखरा, २७ पुस ।उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान कास्कीको आयोजनामा यही पुस २९ देखिमाघ ३ गतेसम्म सञ्चालन हुने छैटौं हिसान कास्की स्पोर्टस् मिट-२०६९ को तयारी पूरा भएको छ।

प्रतियोगिता सम्पन्न गर्न सल्लाहकार र्सूयबहादुर जिसीको मूल संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ।जसअनुसार भलिबल प्रतियोगिता संयोजकमा कृष्णबहादुर गुरुङ, बास्केटबल प्रतियोगिता संयोजकमा रत्नमान गुरुङ र टेबलटेनिस प्रतियोगिता संयोजकमा बाबुराम पन्त रहेका छन्।

चार दिनसम्म सञ्चालन हुने प्रतियेागितामा छात्रछात्रा भलिबल, बास्केटबल र टेबलटेनिसका खेल हुने हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए।

छात्र भलिबलमा १५ टीम, छात्रा भलिबलमा आठ टीम, छात्र बास्केटबलमा १८ टीम, छात्रा बास्केटबलमा १० टीम, टेबलटेनिसतर्फ छात्र डबल्समा १६ टीम, छात्रा डबल्समा १० टीम, छात्र सि·लमा ३४ टीम तथा छात्रा सि·लमा १९ टीमको सहभागिता रहेको छ।उच्च मावि शिक्षा परिषद्का सदस्य-सचिव भीमलाल श्रेष्ठले उद्घाटन गर्ने सो प्रतियोगितालाई इन्फोमेटिक्स कलेज पोखराले मुख्य प्रायोजन गरेको छ। विजेता टीम तथा खेलाडीलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ। गतवर्षको विजेता विद्यालय ग्लोबल कलिजियट उमावि हो।

- अादर्श समाज सम्वाददाता