अब माओवादीको हालत ज्ञानेन्द्रको जस्तै : र्घर्ती

पर्वत, २७ पुस। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीले एकीकृत नेकपा माओवादी सर्वसत्तावादमा लागेको आरोप लगाउँदै ज्ञानेन्द्रको जस्तै हालतमा पुग्ने समय आएको चेतावनी दिएका छन्।

नेपाल शिक्षक सङ्घ पर्वतको सातौ अधिवेशनको शुक्रबार सदरमुकाम कुश्मामा उद्घाटन गर्दै र्घर्तीले यस्तो चेतावनी दिएका हुन्।

‘एकीकृत नेकपा माओवादीको नेतृत्वको सरकारले निर्वाचन गराउन पनि नसक्ने र सत्ता छाड्न पनि नचाहने अडानले उसको सर्वसत्तावादी चरिण उदाङगो भएको छ’-उनले भने-’अब पनि यस्तै मुलुकलाई बन्दुक बनाउने र सर्वसत्तावादी चरित्र कायम राख्ने हो भने उस -माओवादी) को हालत पनि पूर्वराजा ज्ञानेन्द्रको जस्तै हुने दिन अब टाढा छैन।’

मुलुकमा तत्काल निर्वाचन आवश्यक भएपनि माओवादी र सरकारले निर्वाचन नगराउने षड्यन्त्रअनुरुप दलहरूमा सहमति समेत गर्न नदिएको आरोप समेत उनले लगाए।

माओवादी लोकतन्त्रबिनाको गणतन्त्र चाहने तर काङ्ग्रेस लोकतन्त्रसहितको गणतन्त्र हुनुपर्छ भन्ने टकराबले पनि निकास निष्कन नसकेको भनाइ उनको थियो।

‘माओवादी कुनै पनि हालतमा लोकतन्त्रबिनाको गणतन्त्र चाहन्छ तर त्यसकै लागि छ दशक लडेको काङ्ग्रेस मान्न तयार छैन’-र्घर्तीले भने-’माओवादीले चाहने क्युवा, उत्तर कोरिया, चीनको जस्तो गणतन्त्र स्वीकार्न काङ्ग्रेस सहमत हुन सक्दैन, पूर्ण लोकतन्त्रसहितको गणतन्त्र काङ्ग्रेसको सिद्धान्त हो।’

उनले शिक्षकहरूले विद्यालय प्रा·णमा आफ्नो जिम्मेबारीलाई निर्वाह गर्नुपर्नेमा पनि जोड दिए। नेपाल शिक्षक सङ्घका राष्ट्रिय उपाध्यक्ष बसन्तबहादुर सिकेले शैक्षिक क्षेत्रको विकृति तथा शैक्षिक क्षेत्रमाथिको आक्रमण शिक्षक सङ्घलाई सह्य नहुने पनि बताए।

उनले कुनै पनि सङ्घसंस्थामा हुने टिके प्रवृत्तिले आफ्ना व्यवसायिक मुद्दालाई कमजोर बनाएको भन्दै त्यसको विरोध पनि गरे।

नेपाल शिक्षक सङ्घका महासचिव केशव निरौलाले शिक्षकहरूले पेशागत अधिकार र दायित्वलाई सँगसँगै लैजानुपर्नेमा पनि जोड दिए।

नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष कुलप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल काङ्ग्रेस पर्वतका सभापति लालकाजी गुरुङ, जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य अजय मिलन श्रेष्ठ, नेपाली काङ्ग्रेस पर्वत क्षेत्र नम्बर १ का सभापति दुर्गाबहादुर खत्री, महासमिति सदस्य गंगाराज शर्मा, गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधि रामचन्द्र जोशी, नेपाल महिला सङ्घ पर्वतकी अध्यक्ष लालकुमारी सीके, नेपाल तरुण दलका केन्द्रीय सदस्य टेकराज पौडेल, जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेल, नेपाल टे्रड युनियन काङ्ग्रेस पर्वतका अध्यक्ष गोबिन्दप्रसाद तिवारी, नेपाल शिक्षक युनियन पर्वतका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष रामबहादुर प्रसार्इं, सचिव बालकृष्ण बास्तोला, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मुरारी शर्मा, वाषिर्क परीक्षा समिति पर्वतका अध्यक्ष डा.चुडामणि शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष विकास लम्साल, नेपाल राष्ट्रिय कर्मचारी स·ठन पर्वतका अध्यक्ष कृष्णप्रसाद पराजुली, अखिल नेपाल शिक्षक स·ठन पर्वतका अध्यक्ष घनश्याम लामिछाने, नेपाल दलित सङ्घ पर्वतका अध्यक्ष जीतबहादुर नेपाली, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल विद्यार्थी सङ्घ पर्वतका अध्यक्ष लेखनाथ पौडेल लगायतले बोलेका थिए।कार्यक्रममा स्वागत नेपाल शिक्षक सङ्घ पर्वतका उपाध्यक्ष बिष्णुमाया बरुवाल र सञ्चालन सचिव अर्जुन सुवेदीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता