विश्व विकासको १२ प्रतिशत नगद र पाँच प्रतिशत बोनश शेयर पारित

पोखरा, २७ पुस। विश्व विकास बैड्ढ लिमिटेडको प्रस्तावित १२ प्रतिशत नगद र पाँच प्रतिशत बोनश शेयर शुक्रबार सम्पन्न बैड्ढको पाँचौं वाषिर्क साधारणसभाबाट पारित भएको छ।

बैड्ढका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा पोखरामा सम्पन्न साधारणसभाबाट लाभांश तथा बोनश शेयरका अतिरिक्त आर्थिक वर्ष ०६८/६९ का वित्तीय विवरण तथा वाषिर्क प्रतिवेदन एवं बैड्ढको प्रबन्धपत्र र नियमावलीमा संशोधनसहित बैड्ढका भावी कार्य योजना सर्वसम्मतिले पारित भएका छन्।

बैड्ढले गत आर्थिक वर्ष २०६८/६९ सम्ममा रु. दुर्इ अर्ब २६ करोड निक्षेप सड्ढलन, रु. एक अर्ब ९१ करोड कर्जा प्रवाह गरी रु.पाँच करोड ४५ लाख खुद मुनाफा आर्जन गरेको थियो।

सञ्चालक अर्जुन बञ्जाराले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन बैड्ढका कम्पनी सचिव ज्ञानेन्द्र पन्तले गरेका थिए।

साधारणसभाले आगामी चार वर्षका लागि संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित सञ्चालकमा जगनबहादुर गुरुङ, अर्जुन बञ्जारा, किशोर ओझा, अमरबहादुर केसी र ऋषिराम सापकोटा छन्।

निर्वाचनपश्चात बसेको सञ्चालक समितिको पहिलो बैठकले जगनबहादुर गुरुङलाई सञ्चालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ। ग्राहकको सेवालाई मध्यनजर गर्दै बैड्ढले स्थापनाकालदेखि नै ३६५ दिन बैड्ढङि सेवा, सन्ध्याकालीन काउण्टर सेवा, विपन्न वर्ग कर्जा, निःशुल्क एबीबीएस सेवा, एटीएम सेवा, लकर सेवा, सुनचाँदी धितोमा कर्जा सुविधा, एसएमएस बैड्ढङिलगायतका विभिन्न आधुनिक बैड्ढङि सेवा उपलब्ध गराउँदै आएको छ।

बैड्ढले हालसम्म प्रधान कार्यालयका अतिरिक्त गगनगौंडा, लेकसाइड, बगर, भैरहवा, नारायणगढ, कुश्मा, बुटबल, नयाँगाउँ, वालिङ, दुलेगौंडा र टाँडी गरी जम्मा ११ वटा शाखा कार्यालय तथा विभिन्न स्थानमा जडित नौ वटा आफ्नै एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ।

साधारणसभाबाट पारित लाभांश तथा बोनश शेयर यही पुस २९ गतेदेखि वितरण गरिने जानकारी बैड्ढका प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले दिए।

- अादर्श समाज सम्वाददाता