अद्वैतको ३६ औं राष्ट्रव्यापी वृहत् सत्सङग समारोह

पोखरा, २७ पुस। अद्वैत संस्था नेपालद्वारा सञ्चालित ३६ औं राष्ट्रव्यापी वृहत् सत्स· समारोह ज्ञानमहायज्ञ अद्वैत संस्था भरतपोखरी कास्कीमा शुक्रबार सम्पन्न भएको छ। सत्स·को उद्घाटन गण्डकी अञ्चल प्रमुख क्या. धनप्रसाद गुरुङले गरेका थिए।

कार्यक्रममा ब्रह्मज्ञानी गुरुदेव डा. क्षितिशचन्द्र चक्रवर्तीले नेपाली उपनिषद् अमृतवाचन गर्दै परमात्माको भरोसा नरहे मानिसलाई सुख शान्ति प्राप्त नहुने धारणा व्यक्त गरेका थिए।

शाखा सचिव लोकबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्मज्ञानी गुरुदेवद्वारा रचित नेपाली उपनिषद् जन्ममरण निरसन, योगवसिष्ठसार, वासिष्ठ कुञ्जिता, अद्वैत तार्त्पर्यलगायतका बारेमा प्रधानकुलपति सहचारी अनन्तलाल सरस्वती, गण्डकी अञ्चल निरीक्षक ठाकुर शास्त्री, पं दामोदर गौतम, पं रुद्रनाथ पौडेल, गंगादेवी चुके, पं भीमप्रसाद खतिवडा, फरिन्द्रबहादुर घले, भीष्मकान्त पौडेल, लोकबहादुर लामिछानेलगायतले पाठ पारायण गरेका थिए।त्यस्तैगरी अद्वैत संस्था श्रीकृष्ण शाखा अद्वैतमार्ग घारीखोला कास्कीमा २८ गते, अद्वैत संस्था घारीतालबेसी शाखा अद्वैतमार्ग तनहूँमा माघ १ गते ३७ र ३८ औं सत्स· समारोह ज्ञानमहायज्ञ सञ्चालन हुने आयोजकले जनाएको छ।

- अादर्श समाज सम्वाददाता