काङ्ग्रेस कास्कीद्वारा हत्यारालाई कारबाहीको माग

पोखरा, २६ पुस। नेपाली काङ्ग्रेस कास्कीको बिहीबार बसेको बैठकले दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेको अवस्थामा राज्यको ताला चावी लिएका प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई र उनको पार्टी हत्यारालाई उम्काउन राज्य संयन्त्रलाई दुरुप्रयोग गरी अपराधीको बयानसमेत लिन रोक्नु अत्यन्तै निन्दनीय एवं कानुनी राज्यको उपहास गरेको ठहरसमेत गरेको छ।

पत्रकार हत्याको प्रकरणले एमाओवादी स्वतन्त्र प्रेस र मानव अधिकार एवम् नागरिक अधिकारको पक्षमा कहिले रहन नसक्ने बैठकले ठोकुवासमेत गरिसकेको छ।

पार्टीभापति यज्ञबहादुर थापाको अध्यक्षतामा बसेको सो बैठकले अपराधीलाई संरक्षण गरी हत्या, हिंसा र आतड्ढलाई बढुवा दिइएकोमा दुखसमेत प्रकट गरेको छ।

नेपाली काङ्ग्रेस कास्कीका सचिव युवराज कुँवरद्धारा हस्ताररित प्रेस विज्ञपत्तिमा बैठकले पछिल्लो समयमा बददै गएको महिला हिंसा रोक्नसमेत माग गरिएको छ।

त्यसै गरी यही पुस २८ गते हुन गइरहेको नेपाल बारको निर्वाचनमा प्रजातन्त्रवादी समूहको नेतृत्व गरेका शेरबहादुर केसीको प्यानललाई निर्वाचित गर्नसमेत समस्त कानुन व्यवसायीमा समेत आग्रह गरिएको छ।

त्यसै गरी बैठकले कास्की जिल्ला विकास समितिद्वारा यही माघ ३ गतेदेखि सम्पन्न हुन गइरहेको इलाकास्तरीय वाषिर्क योजना तर्जुमा गोष्ठीमा सक्रियरूपले भाग लिई काङ्ग्रेस कार्यकर्ताले गाउँको पूर्वाधार विकास अन्य सामाजिक विकासमा लाग्न निर्देशनसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, महिला हत्या, हिंसा र बलात्कारका बढ्दो घटनाले नेपाली महिला समाज अत्यन्त प्रताडित भए भन्दै नेपाल महिला सङ्घ कास्कीले नेपाली काङ्ग्रेस कास्कीमा ज्ञापनपत्रसमेत दिइएको छ।

सङ्घका अध्यक्ष तारा अधिकारीलगायतले पार्टीभापति यज्ञबहादुर थापालाई ज्ञापन पत्र दिँदै दोषीमाथि कारबाही गर्न पार्टीबाटै सरकारलाई दबाब दिन माग गरेको छ।

- अादर्श समाज सम्वाददाता