नेपाल कन्जुमर डेभलपमेण्ट बैड्ढको साधारणसभा

पोखरा, २६ पुस। नेपाल कन्जुमर डेभलपमेण्ट बैड्ढ लिमिटेडको तेस्रो वाषिर्क साधारणसभा बिहीबार सम्पन्न भएको छ।

सभामा सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आर्थिक वर्ष२०६८।०६९ को आयव्यय तथा प्रगति विवरण प्रस्तुत गर्दै बैड्ढलाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई आग्रह गरे।

सभामा बोल्दै कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले संस्थागत सुशासन तथा आर्थिक पारदर्शितालाई आत्मसाथ गर्दै बैड्ढङि सम्पत्ति तथा दायित्वको उचित व्यवस्थापन गरी बैड्ढङि सेवा तथा सुविधालाई ग्राहकको चाहनाबमोजिम भविष्यमा सकेसम्मअझ बढी सर्वसुलभ तथा प्रभावकारी बनाउने बताए।

सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फाट दुर्इजना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित सदस्यमा पोखरा-१५ निवासी सुशीलराज पराजुली र सुन्दरबजार ४, लमजुङ निवासी राजेन्द्रमान श्रेष्ठ रहेका छन्।

सो अवसरमा बोल्दै नवनिर्वाचित सदस्य पराजुलीले बैड्ढङि अनुभवको सही सदुपयोग गर्ने बताए।

- अादर्श समाज सम्वाददाता