पुस २७, २०६९

मेषः बुद्धिको प्रशंसा हुने, पढाइलेखाइमा प्रगति, मान्यजनप्रति आदर बढ्ने छ।

बृषः कमजोरीको फाइदा लिने सक्रिय हुने, सामान्य गल्तीलाई ठूलो आरोप लाग्ला।

मिथुनः इच्छित कार्यमा सफलता, दाम्पत्य खुशीयाली बढ्ने, रमाइलो यात्रा होला।

कर्कटः शारीरिक आलस्यता रहने, भविष्य सम्बन्धी काम व्यवहारको चिन्ता हुनेछ।

सिंहः प्रत्येक काममा ध्यान जाने, नयाँ इष्टमित्र बन्ने, धार्मिक कार्यमा समय बित्ला।

कन्याः महत्त्वाकाँक्षा बढ्ने, ठूला काममा ध्यान जाने, कार्य सजिलै सम्पन्न होला।

तुलाः श्रीप्राप्तिको योग, आर्थिक उन्नति हुने, अपेक्षित कार्यमा सफलता मिल्ने।

वृश्चिकः बाध्यताका काम गर्नुपर्ने छ, फजूल खर्च बढ्ने, पश्चाताप पर्ने योग छ।

धनुः राम्रो लगाउने मीठो खाने अवसर मिल्ने, धार्मिक कार्यमा सहभागिता रहने छ।

मकर :  आफ्नो बोलीद्वारा काम ब्रि्रन सक्छ, कन्जुस्याईंपनले गर्दा अवसर फुत्कने।

कुम्भः आँटेको कार्यमा सफलता, पराक्रम बढ्ने, आफन्तहरू प्रभावित हुनेछन्।

मीनः मातृसुख मिल्ने, व्यापार व्यवसायमा प्रगति, पुण्यात्मक कार्यमा समय बित्ने।

- अादर्श समाज सम्वाददाता