पोखरा महोत्सव आजबाट

पोखरा, २३ पुस। ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ युनाइटेड क्लबको आयोजनामा मङ्गलबारदेखि पोखराको अमरसिंहचौरमा तेस्रो पोखरा महोत्सव सुरु हुदैछ।

शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा दुर्इ सय भन्दा बढी स्टल रहेका छन्। महोत्सवमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक सङ्घसंस्थाको सेवा एवम् पर्यटन प्रवर्द्धनका सामग्रीहरू राखिने प्रचारप्रसार समितिका संयोजक लालकाजी गुरुङले बताए। नौ दिनसम्म चल्ने सो महोत्सवमा दोहोरीगीत प्रतियोगिता, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम एवम् ख्यात्रि्राप्त व्यान्ड तथा कलाकारको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ।

- अादर्श समाज सम्वाददाता