प्रेस युनियन गण्डकी अञ्चल सदस्य सचिवमा अधिकारी मनोनीत

पोखरा, २३ पुस। विगत लामो समयदेखि पोखराको पत्रकारिता क्षेत्रमा क्रियाशील टड्ढराज अधिकारी नेपाल प्रेस युनियन गण्डकी अञ्चल कार्यसमितिको सदस्य सचिवमा मनोनीत भएका छन्।

२०५३ साल देखि क्रियाशील रहँदै आएका अधिकारी नेपाल प्रेस युनियनमा लामो समयदेखि आबद्ध रहे पनि कार्यसमितिमा भने आएका थिएनन्। अधिकारी कामना न्यूज पब्लिकेसन्स् प्रालिको क्षेत्रीय कार्यालय पोखराका प्रमुख हुन्।

नेपाल प्रेस युनियनको विधानअनुसार नेपाल प्रेस युनियन गण्डकी अञ्चल कार्यसमिति विस्तार गरिएको अञ्चल संयोजक एवं केन्द्रीय कार्य समिति सदस्य मिलन शर्मा दनाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

विस्तारित कार्य समितिको संयोजकमा  मिलन शर्मा दनाई तथा सदस्यहरूमा शिरोमणि बराल (कास्की शाखा अध्यक्ष) रामशरण आचार्य -गोरखा शाखा अध्यक्ष) डम्बर अधिकारी -तनहँू शाखा अध्यक्ष) श्रीकृष्ण सिग्देल (स्याङजा शाखा अध्यक्ष) कृष्ण भगवान श्रेष्ठ (लमजुङ शाखा अध्यक्ष) मदन वाग्ले तनहू“ -मनोनित) भवानी अधिकारी (स्याङ्जा) मनोनीत र सदस्य सचिव टड्ढराज अधिकारी (कास्की) रहेका छन्।

- अादर्श समाज सम्वाददाता