नेयास्वम सङ्गठन स्थानीय मिनी इकाई अध्यक्षमा श्रेष्ठ

पोखरा, २३ पुस। नेपाल यातायात स्वतन्त्र मजदुर स·ठन स्थानीय मिनीबस इकाई समितिको ११ औं अधिवेशन शनिबार सम्पन्न भयो।

नेपाल ट्रेड युनियन महासङ्घ राष्ट्रिय कमिटीका उपमहासचिव जनक चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट राष्ट्रिय कमिटी सदस्य गुणराम आचार्य, क्यूपेक नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, स·ठनका केन्द्रीय महासचिव रुद्रबहादुर खत्री, केन्द्रीय सदस्य तथा अञ्चल इन्चार्ज कर्णसं गुरुङ, नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट गण्डकी धौलागिरि अञ्चल अध्यक्ष युवराज पौडेल, अञ्चल अध्यक्ष बिष्णुबहादुर खत्री क्षत्रीलगायतले अधिवेशन सफलताको कामना गरेका थिए।

अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गर्‍यो। जसको उपाध्यक्षमा दुर्गा गुरुङ, सचिवमा हरि बास्तोला, सहसचिवमा कृष्णबहादुर कमर, कोषाध्यक्षमा प्रकाश लामिछाने र सदस्यमा युवराज रानाभाट, राजन गुरुङ, नवराज बस्ताकोटी र झलक राना  रहेका छन्।

सोही अधिवेशनले जिफण्ट प्रतिनिधिमा पदमबहादुर रानाभाट तथा सल्लाहकारमा हरि बानियाँ र चिरञ्जीवी बास्तोला रहेका छन्।

राम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सञ्चालन सचिव हरि बास्तोलाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष हरि बानियाले गरेका थिए।

- अादर्श समाज सम्वाददाता