कैदीको मृत्युपछि सिन्धुलीमाढीमा कफ्र्यु

काठमाडौ, १९ पुस। जेलभित्र भएको झडपका क्रममा काङ्ग्रेस कार्यकर्ता निरज देवकोटाको मृत्युको विषयलाई लिएर तनाव उत्पन्न भएपछि प्रसाशनले सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा अनिश्चितकालीन कर्फ्र्यु लगाएको छ।

सिन्धुली कारागारभित्र भएको झडपमा घाइते भएका कमलामाई नगरपालिका-१ का नेपाल तरुण दलका कार्यकर्ता देवकोटाको उपचारका क्रममा बिहीबार काठमाडौँमा मृत्यु भएको थियो। मृत्युको विषयलाई लिएर नेपाली काङ्ग्रेसले गरेको विरोध प्रदशनमा झडप भएपछि प्रशासनको कर्फ्र्यु लगाएको हो।

नेपाली काङ्ग्रेसले प्रशासनको मिलोमतोमा बाहिरबाट गएका आपराधिक समूहले देवकोटालाई जेलभित्रै आक्रमण गरी हत्या प्रयास गरेको आरोप लगाएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयले बिहीबार एक विज्ञप्ती प्रकाशित गरी देवकोटाका परिवारलाई समेत प्रशासनले कुनै जानकारी नै नगराई उपचारका नाममा घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाएको हो।

कारागारभित्रै हत्या गर्ने नियतले भएको यस घटनाले अन्य कैदीहरूको असुरक्षातर्फ पनि गम्भीर चिन्ता उठाएको काङ्ग्रेसले बताएको छ। काङ्ग्रेसले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ-’यसबाट राज्यको मात्रै पहुँच रहेको हिरासतमा एउटा नागरिक सुरक्षित रहँदैन भने को कहाँ सुरक्षित छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

घटनाको निष्पक्ष छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीउपर कडा कारबाही गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्र्तिको व्यवस्था गर्न नेपाली काङ्ग्रेस जोडदार माग गर्दछ।’

घटनाको यथार्थ बुझनका लागि काङ्ग्रेसले पार्टीला तर्फबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढु·ानाको संयोजकत्वमा नेपाल तरुण दलका अध्यक्ष उदयशम्शेर राणा र डेमोक्रेटिक लयर्स एशोसिएसन सिन्धुलीका अध्यक्ष रहेको एक समिति गठन गरिएको जनाएको छ।

- अादर्श समाज सम्वाददाता