माओवादीले चुनाव चाहेकै छैन : अधिकारी

पोखरा, १९ पुस। नेकपा एमालेका बैकल्पिक पोलिट्ब्यूरो सदस्य खगराज अधिकारीले एकीकृत नेकपा माओवादीले चुनाव चाहँदै नचाएको बताएका छन्।

नेकपा एमाले क्षेत्र नं. २ कास्कीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित नयाँ कमिटीको स्वागत तथा निवर्तमान कमिटीको बिदाइ एवं धन्यवाद कार्यक्रममा बोल्दै बिहीबार उनले त्यस्तो बताएका हुन्।

दलभन्दा बाहिरबाट प्रधानमन्त्री वनाउने माओवादीको भनाइले पनि माओवादीले चुनाव नचाहेको प्रष्ट हुने उनको भनाइ थियो। ‘माओवादी विभिन्न बाहना बनाएर चुनावदेखि भाग्न खोजेको छ’-उनले भने-’हामी कुनै हालतले पनि चुनावबाट भाग्न दिने छैनौं।’

माओवादीले स्वतन्त्र व्यक्ति भने पनि दलभन्दा बाहिर गएर प्रधानमन्त्री चुन्न नसकिने उनको भनाइ थियो। उनले माओवादी कम्युनिष्टको झण्डा बोके पनि सच्चा कम्युनिष्ट नभएको आरोप लगाए।

‘माओवादीले कम्युनिष्टको झण्डा बोके पनि विचारले उ कम्युनिष्ट हुन सकेको छैन’-उनले भने-’यो कुरा एमालेका कार्यकर्ताले जनतामाझ बुझाउन जरुरी छ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष सोमनाथ प्यासी, वैकल्पिक केन्द्रीय सदस्य चुडामणि ज·ली, नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जीसी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यद्वय पुण्यप्रसाद पौडेल, श्रीनाथ बराल, कास्कीका उपाध्यक्ष लीलाधर पौडेल, उपसचिव देवका पहारी, क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपाली, क्षेत्र नं.  का निवर्तमान अध्यक्ष बसन्त बराल, निवर्तमान उपाध्यक्ष ललित भण्डारी, युवा सङ्घका केन्द्रीय सचिव राजीव पहारीले बोलेका थिए।

नेकपा एमाले क्षेत्र नं. २ कास्कीका अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धु्रव पराजुलीले स्वागत र सचिव पूर्ण लामाले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता