थ्रीस्टार आर्मीसँग रोकियो, फ्रेण्ड्स विजयी

पोखरा, १९ पुस।लिगलिडर थ्रीस्टार क्लब राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको रेडबुल एक डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको छ।

जारी लिगमा थ्रीस्टारको बराबरी खेल यो दोस्रो हो।यसअघि थ्रीस्टारले मच्छिन्द्र एफसीसँग बराबरी खेलेको थियो। बिहीबार भएको पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरीमा रोकिंदै थ्रीस्टारले दोस्रो स्थानमा रहेको मच्छिन्द्रसँग पाँच अड्ढको दूरी बढाउने मौका गुमाएको छ।बराबरीसँगै एक अड्ढ जोडेको थ्रीस्टार २६ अड्ढसहित शीर्ष स्थानमा कायमै छ।

२३ अड्ढसहित दोस्रो स्थानमा रहेको मच्छिन्द्रले एक खेल कम खेलेको छ। मच्छिन्द्रले शनिबार हुने खेलमा सरस्वतीलाई जितेमा अड्ढ बराबरी गर्न सक्नेछ।यद्यपि मच्छिन्द्रले सो खेल जिते पनि गोलऔसतमा थ्रीस्टार नै शीर्ष स्थानमा रहनेछ।शुक्रबारको खेलमा बाँसबारी क्लबलाई पराजित गरे मनाङ दोस्रो स्थानमा आउनेछ।

मनाङ २१ अड्ढसहित तेस्रो स्थानमा तथा आरसिटी २० अड्ढसहित चौथो स्थानमा छ।

आर्मी भने १८ अड्ढ जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ र युद्ध शाहीसहित तीन खेलाडीबिना मैदानमा उत्रिएको आर्मीलाई जित्न सकेन।

दोस्रा खेलमा फ्रेण्ड्स क्लबले जारी लिगमा लगातार दोस्रो जीत हात पार्न सफल भयो।जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गर्दै फ्रेण्ड्सले रेलिगेशन जोनबाट माथि उठ्न सफल भयो।

११ खेलको समाप्तिमा ऊ १५ अड्ढ जोड्दै नवौं स्थानमा उक्लिएको छ भने पराजित जावलाखेल १४ अड्ढसहित १० औं स्थानमा छ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले आरसिटीलाई १-० ले तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लबले एनआरटीलाई ३-२ ले पराजित गरेको थियो।

जारी लिगमा चार खेलमा स्पष्ट जीत हात पारेको पुलिस १६ अड्ढसहित सातौं स्थानमा, शेर्पा १३ अड्ढसहित ११ औं तथा एनआरटी १६ अड्ढसहित छैटौं स्थानमा छन्। शुक्रबार बाँसबारी क्लब र मनाङमस्र्याङ्दी क्लबबीच पहिलो तथा बौद्ध एफसी र मध्यपुर युथ एशोसिएसनबीच दोस्रो खेल हुनेछ।

- अादर्श समाज सम्वाददाता