बर्डफ्लू आशड्ढामा चार सय कुखुरा मारिए

त्रिशूली(नुवाकोट), १९ पुस। चौघडा -१ राईबस्तीमा पालिएको घरपालुवा कुखुरामा बर्डफ्लू भएको पुष्टि भएपछि बिहीबार केन्द्रीय पशु सेवा निर्देशनालयबाट आएका प्राविधिकले कुखुरा, हाँस र अण्डा नष्ट गरेका छन्।

टोलीले गाउँमा ५९ घरमा रहेका तीन  सय ५७  कुखुरा, दुर्इ सय २८ अण्डा र एउटा हाँस मारिएको केन्द्रीय पशुसेवा निर्देशनालयका  प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले बताए।

स्थानीयवासी ध्रुव राईलगायतको घरमा पालिएको स्थानीय जातका एक सयभन्दा बढी कुखुरा मरेपछि नमुना सड्ढलन गरी काठमाडौं परीक्षणका लागि पठाइएको थियो।

पशुरोग अन्वेषण प्रयोगशालाले सो कुखुरा बर्डफ्लुले मरेको पुष्टि गरेपछि  राईको घरलाई केन्द्र मानेर वरपरका ५९ घरमा रहेका सम्पूर्ण कुखुरा, अण्डा र हाँस नष्ट गरेको छ।

एक स्थानीयवासीले एक साताअघि काठमाडौं’बाट सस्तो मूल्यमा पाइएको भन्दै चार जिउँदा ब्रोइलर कुखुरा ल्याएर खाएका थिए। मलखाल्डामा फालेको कुखुराको भुत्ला र  आन्द्रा अरु कुखुराले खाएपछि धमाधम कुखुरा मरेको स्थानीयवासी नारायण राईले बताए।

अहिले बर्डफ्लुको सङ्क्रमण देखिएकाले गाउँमा अको गाउँबाट कुनै पनि पक्षी र पक्षीजन्य उत्पादन नभित्र्याउन र सङ्क्रमण भएको कुखुराको सुली, मासु र  अण्डाबाट अन्यत्र पनि सर्ने भएकाले सजग हुनुपर्ने प्रवक्ता घिमिरेले बताए। रासस

- अादर्श समाज सम्वाददाता