बाबा साहित्य साधक सम्मान सरस्वती सरूलाई

पोखरा, १९ पुस। बाबा साहित्य साधक सम्मान-२०६८ बाट नेपालीवाङ्मयको कविता र गीत विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल नारी स्रष्टा सरस्वती श्रेष्ठ सरूलाई सम्मान गरिने भएको छ।

बाबा साहित्य साधक सम्मान कोषको बिहीबार पोखरामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। उनी विगत दुर्इ दशकदेखिनेपाली वाङ्मयको क्षेत्रमा कविता र गीत विधामार्फत कलम चलाउँदै आएकी छन्। गोरखा आँपपिपल-२ स्थायी निवासी सरूका ‘थुँगाथुँगा जिन्दगानी’ (२०६३) गीत सङ्ग्रह र ‘एक झुल्को घाम ओलेरसडकमा’ (२०६७) कविता सङ्ग्रह प्रकाशित छन्। वि.सं. २०४९ सालदेखि साहित्य साधनामा लागेकी उनी यसअघि समता सम्मान, इलाम (२०५४), गजल प्रतिभा सम्मान, पोखरा (२०६३), धादिङ साहित्य सम्मान, धादिङ (२०६४), नवनीत साहित्य सम्मान, पोखरा (२०६५), जनकल्याण स्रष्टा सम्मान (२०६६) र समता काव्य सम्मान, पोखरा (२०६६) बाट सम्मानित भएकी छन्।

साहित्यकार दुर्गाबहादुर शाह बाबाले आफूले प्राप्त गरेको ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा प्रोत्साहन पुरस्कारबाट पश्चिमाञ्चल क्षेत्रलाई कार्यक्षेत्र बनाएर कला, साहित्य र सङ्गीतको क्षेत्रमा क्रियाशील सर्जकलाई हरेक वर्ष प्रदान गर्नेगरी स्थापित उक्त सम्मान कोषमा पोखरामा सम्पन्न टिकटमा एकल कविता वाचनबाट सड्ढलित रकम ५० हजार थप गरिएको र कोषको रकमबाट प्राप्त व्याजबाट वाषिर्करूपमा सम्मान प्रदान गरिँदै आएको कोषका संरक्षक असफल गौतमले जानकारी दिए। सङ्र्घर्षमा कलम साहित्य समाजपोखराद्वारा सञ्चालित उक्त सम्मानबाट पहिलो पटक लमजुङ समिभञ्ज्याङका युवा साहित्यकार रुपिन्द्र प्रभावी कटु सम्मानित भइसकेका छन्।

यो पुरस्कार अहिले दोस्रो पटक वितरण गर्न लागिएको हो। नगद एक हजार एक सय ११, दोसल्ला र ताम्रपत्र रहेको उक्त सम्मान र सङ्र्घर्षमा कलमको बाबा विशेषाड्ढको लोकार्पण माघको पहिलो हप्ता पोखरामा गरिने जनाइएको छ।

- अादर्श समाज सम्वाददाता