अखिल नेपाल यातायात मजदुर सङ्घ कास्कीको प्रथम भेला सहमति नभए एमाओवादी आन्दोलनमा जान्छ : अधिकारी

पोखरा, १८ पुस। एकीकृत नेकपा (माओवादी) का राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य हरि अधिकारीले दलहरूबीच पुस २५ गतेसम्म सहमति नभए एकीकृत माओवादी आन्दोलनमा जाने बताएका छन्।

अखिल नेपाल यातायात मजदुर सङ्घको प्रथम कास्की जिल्ला भेलाको बुधबार उद्घाटन गर्दै नेता अधिकारीले माओवादी पहिचानसहितको सङ्घीयताको एजेण्डा लिएर आन्दोलनमा जाने बताए। उनले पहिचानसहितको सङ्घीयतामा एकीकृत माओवादीको जीत सुनिश्चित भएको दाबी गरे।

पहिचानसहितको सङ्घीयतामा काङ्ग्रेस, एमाले सहमत नभएर नै संविधानसभा भ· भएको आरोप लगाउँदै उनले अहिले पनि उनीहरूकै हठका कारण सहमति नभएको विचार व्यक्त गरे।

माओवादीबाट फुटेर गएको बैद्य समूह महाधिवेशनमा जान लागे पनि वर्तमानमा के गर्ने भन्ने अकर्मण्यतामै फँसेको उनले दाबी गरे। अहिले के गर्ने भन्ने नीति एकीकृत माओवादीसँग मात्रै भएको बताउँदै नेता अधिकारीले परिवर्तनको एजेण्डालाई कुनै हालतमा नछोड्ने स्पष्ट पारे। उनले मजदुरको हितमा भएका एजेण्डालाई संस्थागत रूपमा परिवर्तनगामी विचार राजनीतिसँग जोडेर लड्न सके अवश्य जीत हुने विचार व्यक्त गरे।

कार्यक्रममा अखिल नेपाल टे्रड युनियन महासङ्घका छैटौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य गणेश रेग्मीले मजदुरमैत्री संंविधान कसरी बनाउने भन्नेमा मजदुरहरूको ध्यान जान जरुरी रहेको बताए। ‘पहिलो कार्यभार संविधान हो, अनि मात्रै पेशागत हकहितु-उनले भने। मजदुर नेता रेग्मीले सरकारको सामाजिक सुरक्षा कोषमा मजदुरहरूको तर्फबाट व्यवसायीले एक प्रतिशत कर बुझाउने सहमति भएपनि व्यवसायीले नबुझाएकोमा आपत्ति प्रकट गरे। उनले अहिलेको श्रम ऐन विभेदकारी भएको धारणा राख्दै नयाँ श्रमनीति निर्माण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा अखिल नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष जगत सिंखडाले विगतमा सरकार, यातायात व्यवसायी र मजदुर स·ठनहरूबीच यातायात मजदुरलाई नियुक्ति पत्र दिने सहमति भएपनि कार्यान्वयन नभएकोमा रोष व्यक्त गरे। उनले यातायात मजदुरहरूलाई नियुक्ति पत्रको व्यवस्था नगरे आन्दोलनमा जाने चेतावनी दिए। सरकारले यातायात क्षेत्रलाई नबुझेकै कारण अहिलेसम्म प्रष्ट नीति नबनेको उनको धारणा थियो।

अखिल नेपाल यातयात मजदुर सङ्घ नै यातायात मजदुरको हकहितका निम्ति अग्रपंक्तिमा रहेर भूमिका खेलेको भन्दै सिंखडाले अझै पनि जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।

सिंखडाका अनुसार सार्वजनिक यातायातका सवारी साधनको सङ्ख्या हाल १२ लाख ८० हजार छ सय ९० रहेको छ भने तिनको सिट क्षमता करिब १० करोड रहेको छ। प्रत्येक नौ मिटर बाटो बराबर एक सवारी साधन गुड्ने उनले जानकारी दिए। कार्यक्रममा टे्रड युनियन काङ्ग्रेसका जीतबहादुर तमु, एमाले निकट नेपाल स्वतन्त्र यातायात मजदुर सङ्घका विष्णु खत्रीलगायतले बोलेका थिए।

अखिल नेपाल यातायात मजदुर सङ्घका कास्की जिल्ला संयोजक रमेश विकको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन सूर्यमणि लामिछानेले गरेका थिए।

अध्यक्षमा लामिछाने निर्वाचित

अखिल नेपाल यातायात मजदुर सङ्घको प्रथम कास्की जिल्ला भेलाले सूर्यमणि लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको छ। भेलाले लामिछानेको अध्यक्षतामा तीन सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश बस्यौला, सचिव लेखबहादुर गुरुङ, सह-सचिव कर्णालामा र कोषाध्यक्षमा मिलन गुरुङ निर्वाचित भएका छन्। समितिका सदस्यहरूमा विन्दुराज घिमिरे, लक्ष्मीभक्त ओझा, दीपक पाण्डे, कृष्ण अधिकारी, राजु सुनार, अमर भुजेल, ज·बहादुर गुरुङ, राजाराम थपलिया, नीलकण्ठ पौडेल, दानबहादुर बस्नेत र रामकृष्ण शाह छन्। भेलाको उद्घाटनपश्चात भएको बन्दसत्रले सर्वसम्मतरूपमा समिति निर्वाचित गरेको हो। नवनिर्वाचित अध्यक्ष सूर्यमणि लामिछानेले यातायात मजदुरहरूको समस्या हल गर्न भरमग्दुर प्रयास गर्ने बताए। उनले मजदुरको हितविपरीत आफूहरूले कहीँकतै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। लामिछानेले कास्की जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन समेत भूमिका खेल्ने बताए।

- अादर्श समाज सम्वाददाता