आहा रारा गोल्ड कप सफल पार्न विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने

पोखरा, १८ पुस। आगामी माघ ९ गतेदेखि २० गतेसम्म पोखरा र·शालामा सञ्चालन हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय अन्तरक्लबस्तरीय आमन्त्रित ११ औं संस्करणको आहा ⁄ रारा गोल्ड कप फुटबल २०६९ प्रतियोगितालाई सफल पार्न पोखराका विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने भएका छन्। सहारा क्लबका अध्यक्ष एवं मूल आयोजक समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा बुधबार सम्पन्न ५०१ सदस्यीय मूल आयोजक समितिको बैठकमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन्।

उनीहरूले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता सि·ो कास्की जिल्लाको इज्जत र प्रतिष्ठासँग जोडिएकाले प्रतियोगितालाई आआफ्नो तह र तप्काबाट सहयोग गर्ने बताए। साथै, प्रतियोगिता अवधिभर कुनै बन्द, हड्तालजस्ता कार्यहरू नगर्न पनि सम्बन्धित सबैलाई आग्रह गरिएको सहारा क्लबका महासचिव केशवबहादुर थापाले बताए।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिताको मुख्य प्रयोजक रारा तयारी चाउचाउ रहेको छ।

कार्यक्रममा प्रतियोगिता संयोजक वीरभद्र आचार्य, क्लबका सल्लाहकार एवं अर्थ सड्ढलन उपसमिति संयोजक प्रकाश शेरचन, क्लबका सल्लाहकार एवं प्रचारप्रसार उपसमिति संयोजक अग्रज पत्रकार नारायण कार्की, क्लबका सल्लाहकार एवं यातायात व्यवस्थापन उपसमिति संयोजक पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाही, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, जिफन्ट अध्यक्ष युवराज पौडेल, नवआदर्श सामुदायिक विकास केन्द्रका अध्यक्ष एवं एन्फा कास्की सचिव बुद्धिबहादुर खत्री क्षत्रीले बोलेका थिए।

त्यसैगरी सिटी रेबानका अध्यक्ष केपी शर्मा, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष जीतबहादुर गुरुङ, ड्यामसाइड क्लबका अध्यक्ष मीनप्रसाद पौडेल, भ्याली स्पोर्टस् क्लबका अध्यक्ष क्याप्टेन थमान थापामगर, हिमश्री फुड्स प्रालिका वित्त प्रमुख पशुपति गुप्ता, आयोजक टीमका म्यानेजर एवं फिस्टेल लजका महाप्रबन्धक प्रदीप शम्शेर राणालगायतले आ-आफ्ना भनाइ राखेका थिए।

- अादर्श समाज सम्वाददाता