जनजागृतको ५२ औं वाषिर्कोत्सव मनाइयो

पोखरा १८ पुस। सराङकोट गाविसस्थित जनजागृत उच्च माध्यमिक विद्यालयको ५२ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस म·लबार सम्पन्न भयो।

कार्यक्रममा बोल्दै विद्यालय निरीक्षक अर्जुन ढकालले भौतिक विकाससँगै विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने औंल्याए।

मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका अध्यक्ष सीता गिरीले प्रतिष्ठानले कास्की क्षेत्र नं. ४ का १५ वटा सामुदायिक विद्यालयलाई कार्यक्षेत्र बनाएर पुस्तकालय, विज्ञान सामग्रीसँगै गरिव र विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्ति दिँदै आएकोले विद्यालयको विकासका लागि सबैको ध्यान जानुपर्ने आवश्यकता औल्याइन्।

सराङकोट गाविसका सचिव विष्णुप्रसाद पौडेलले विद्यालयको पारदर्शितामा जोड दिँदै शैक्षिक गुणस्तर सुधारका लागि गाविसले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे।

टँडिखेल स्रोतकेन्द्रका स्रोतव्यक्ति भीमराज शर्मा पौडेलले व्यवस्थापन र सुधारमा जोड दिनुपर्ने औंल्याए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर जीसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस गाउँ इकाई समितिका सभापति शमशेरबहादुर थापा, नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष बेलबहादुर थापा, नेकपा-माओवादी गाउँ सेक्रेटरी मीनबहादुर भुजेल र राप्रपा गाउँ कमिटी अध्यक्ष रामबहादुर थापाले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विकासमा सबै क्षेत्र चनाखो हुनुपर्ने धारणा राखे। सो अवसरमा मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानको तर्फबाट ६० हजार रुपैयाँ बराबरका पाठ्यपुस्तक तथा शिक्षाप्रेमी मीनबहादुर अधिकारीले बाल विकास सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा विभिन्न अक्षयकोषबाट प्राप्त पुरस्कार र वाषिर्क परीक्षाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु झपटबहादुर थापा, रामबहादुर थापा, पूर्व प्रधानाध्यापकहरू बालकृष्ण अधिकारी र धर्मराज गिरी, साना किसान कृषि सहकारीका अध्यक्ष शारदा अधिकारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष केशवप्रसाद पहारी, चिसाखोला वेद विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष मनिरत्न अधिकारी, सरस्वती प्राविका प्रधानाध्यापक मनहरि दवाडी, अभिभावक वीरबहदुर थापा, आमा समूहका हर्क ढकाल, गंगा तिमिल्सिना, जागृति युवा मञ्चका उपाध्यक्ष सन्तोष जीसी र विद्यार्थी सुजन परियारले विद्यालयका विविध गतिविधिमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुप्रसाद तिमिल्सिनाले वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक प्राचार्य यमबहादुर थापाले स्वागत र शिक्षक प्रतिनिधि मीनबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता