पौस १९, २०६९

मेषः धेरै काम व्यवहारमा सरोकार, राम्रो अवसर र अरुको सहयोग मिल्ला।

बृषः कर्म भाव खुलेकाले महत्त्वपूर्ण कार्यको सुरूवात, व्यापारमा लाभ होला।

मिथुनः समयले साथ दिँदा आटेको काम बन्ने, मनग्य आयआर्जन होला।

कर्कटः पाएको अवसर फुत्कने, चञ्चलपन रहने, खर्च र चिन्ता बढ्ला।

सिंहः सौभाग्यका अवसर मिल्ने, पारिवारिक मेल, मिष्ठान्न भोजन मिल्ला।

कन्याः धनसञ्चय गर्नतर्फ मन जाला, लगानी गर्नुपर्ने ठाउँमा ध्यान नजाला।

तुलाः मौका सदुपयोग गर्न मन लाग्ने, पराक्रम बढ्ने, धन आर्जन होला ।

वृश्चिकः समय उत्तम छ, व्यापारमा लाभ, मातृसुख मिल्ने योग रहेको छ।

धनुः समय राम्रो छ, पढाइलेखाइमा सफलता, सन्तानको प्रगति होला।

मकर :  विपक्षीहरू ओझेलमा पर्ने, प्रतिस्पर्धात्मक काममा सफलता मिल्ला।

कुम्भः महत्त्वपूर्ण अवसर मिल्ने, माया गर्नेहरू देखापर्ने, शुभ समाचार मिल्ला।

मीनः मन चञ्चल रहला, समयमा निर्णय गर्न नसकिएला, अवसर फुत्कला।

- अादर्श समाज सम्वाददाता