स्वदेश र्फकन आह्वान

१. रोजगारीका लागि विदेशिएका नेपालीहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएर गाउँघरमा युवाहरुको उपस्थिति शुन्य प्रायः भएको, उनीहरुको अभावमा खेतबारी बाँझै रहेको तथा उद्योगधन्दा आदिका लागि जनशक्तिको अभाव भएको सबैले महसुस गरेको कुरा हो। देशमा यस्तो स्थिति भएकोले विदेशिएका युवाहरुलाई फर्काउनु पर्दछ भन्ने आवाज चर्को हुँदै गएको छ।

२. त्यस्तो आवाज चर्को हुँदै गएको अवस्थामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले पहिलो पटक औपचारिक रुपमा विदेशमा कार्यरत नेपाली वैज्ञानिहरुलाई र्फकन आह्वान गरेको छ। नाष्टले गत वर्ष गरेको त्यो आह्वानलाई सकारात्मक रुपमा लिइएको छ र अरुले पनि आ-आफ्नो क्षेत्रबाट यस्तो प्रयास गर्नुपर्नेमा जोड दिइएको छ।

३. नाष्टले त्यसरी आह्वान गर्ने क्रममा “र्फक हे, र्फक वैज्ञानिक तिमीलाई डाक्छ नेपाल” भन्ने नारा दिएर अभियान नै सञ्चालन गरेका छ। विदेशमा त्यसको प्रचार प्रसार तीव्र पारिएको छ र त्यस कार्यक्रमको लागि ५० लाख बजेट विनियोजन समेत गरेको छ। गत वर्ष शुरु गरिएको त्यो कार्यक्रम अहिले पनि जारी छ।

४. नाष्टले सञ्चालन गरेको त्यस कार्यक्रमबाट प्रभावित भएर १९ जना नेपाली वैज्ञानिकहरुले नाष्टमा आएर काम गर्न आवेदन दिएका थिए। तर पछि त्यसरी आवेदन दिनेहरुमध्ये दुंर्इ जना मात्र नेपाल आएको नाष्टका अधिकारीहरुले बताएका छन्। ती दुंर्इ जनाले नाष्टमा काम गरिरहेका छन्।

५. त्यसरी अभियान नै सञ्चालन गरेर जम्मा दुंर्इ जना मात्र फर्केका कतिपयले त्यस अभियान नै असफल भएको समेत भनेका छन्। तर त्यसलाई असफल भन्न हुँदैन। कतिपय वैज्ञानिकहरु पहिलेदेखि त्यहाँ आसन जमाएर बसेका छन्। त्यसरी बसेकाहरु भनेको बेला जुरुक्क उठेर आउन गाह्रो पर्दछ।

६. फेरि नेपालमा आफ्नो विषय अनुसारको अनुसन्धान  अन्वेषण गर्न पाइने हो कि होइन त्यो पनि विचारणीय कुरा छ। सरकार फेरिए अनुसार कर्मचारीहरुलाई भकुण्डो झैं यताउता गर्ने नेताहरुले नाष्टमा हात हाल्दैन भन्ने ग्यारेण्टी छैन। एकातिरको अवस्था यस्तो छ भने अकोर्तिर सरकारले विज्ञान र प्रविधिको लागि बजेट विनियोजन गर्न कञ्जुस्याईँ गर्दछ। त्यसैले पनि वैज्ञानिकहरु आकषिर्त नभएका हुन्।

७. आजको युगमा देश विकास कसैले गर्दछ भने त्यो विज्ञान र प्रविधिले हो। विज्ञान र प्रविधि विना देश विकास हुनै सक्दैन। यो कुरा देश विकास गछौर्ँ भन्ने हाम्रा नेताहरुले भित्रैदेखि बुझेका छैनन्। त्यसैले उनीहरुले बजेट विनियोजन गर्ने बेलामा सबभन्दा कम महत्व विज्ञान र प्रविधिलाई दिने गर्दछ र त्यसमा प्रभावशाली व्यक्ति मन्त्री हुन पनि चाहँदैनन्। त्यो जे भए पनि नाष्टले जुन अभियान सञ्चालन गरेको छ, त्यो समसामयिक छ। विदेशिएका वैज्ञानिकहरु आज नआए भोलि आफ्नो अनुकूलता हेरी आउन सक्छन्। यसमा आत्तिनु हुँदैन। बरु यस्तै अभियान अरु क्षेत्रले पनि गरेमा त्यसको सकारात्मक प्रभाव पर्ने छ।