सुन तस्करीको कुरा

१. देशमा कतै सात किलो सुन पक्रियो र कतै दुर्इ किलो सुन समातियो भन्ने चर्चा भइरहेको बेला पोखरामा सम्पन्न नेपाल सुनचाँदी सुन तथा आभूषण महासंघको भेलाले अवैध सुन भित्र्याउन सरकार नै सहयोगी भएको आरोप लगाएको छ। भेलाले सरकारले आवश्यकताअनुसारको सुन नदिने गरेकोले सुन तस्करी भएको जनाएको छ।

२. सरकारले कोटा प्रणालीअन्तर्गत सुन बैंकहरुमार्फत निकाल्ने गरेको छ। व्यवसायीहरुका अनुसार सरकारले निकालेर दिने सुनको परिणाम आवश्यकताअनुसार छैन। देशमा २२ हजारभन्दा बढी सुनचाँदी व्यवसायीहरु छन्। उनीहरुको वर्तमान आवश्यकता प्रतिदिन ३० किलोको छ। तर सरकारले मात्र २५ किलो सुन दिने गरेको छ। नपुग सुन तस्करीबाट पूर्र्ति हुने गरेको छ।

३. व्यवसायीहरुले सरकारले सुनको कोटा प्रथा गरेर तथा आवश्यकताअनुसार आपूर्र्ति नगरेर तस्करी र कालो बजारीलाई प्रश्रय दिएको छ। लगनको बेला सुनको माग अरु बढ्छ। तर उक्त वास्तविकता सरकारले महसुस गरेको छैन। जबसम्म सरकारले यथार्थको धरातललाई हेरेर नीति निर्धारण गर्दैन, तबसम्म त्यो नीति कार्यान्वयन हुँदैन र कार्यान्वयन गरिए पनि सफल हँुदैन।

४. सुन तस्कर कहाँ-कहाँबाट हुन्छ भन्ने कुरा ठूलाबडा सुन व्यापारीलाई मात्र थाहा हुने होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकाहरुमा बस्ने भन्सारका कर्मचारी, सुरक्षा निकाय र अन्य सम्बन्धित सबैलाई थाहा छ। त्यत्तिमात्र होइन, उनीहरुसँग सम्बन्धित कतिपय राजनीतिक नेताहरु एवम् सरकारमा बसेकाहरुले पनि त्यो थाहा पाएका हुन्छन्।

५. तस्करी गर्दा सेटिङको कुरा आउँछ। कर्मचारीहरुको सेटिङ गर्नु उनीहरुको पहिलो आवश्यकता हो। सेटिङ मिलाएर सुन तस्करी गरियो भने त्यो सफल हुन्छ। कहिलेकाही सेटिङ मिल्दैन। सेटिङ नमिल्दा गडबडी हुन्छ र भन्सारबाट पास भएको सुन पनि बाटोमा समातिन्छ। तस्करहरुको आपसी रिसइबीले पनि त्यस्तो घटना हुने गरेको उनीहरु चर्चा गर्दछन्।

६. नेपालमा सुन तस्करी हुन यहाँकै आवश्यकता र पूर्र्तिको मात्र कुरा होइन, छिमेकी देश र अन्य देशको अवस्थाले पनि यहाँ प्रभाव पार्दछ। हाम्रो सरकारमा कस्तो मान्छे छ भन्ने कुराले पनि उत्तिकै प्रभाव पार्दछ। तस्करहरुले ती सबैको वस्तु स्थितिको मूल्याड्ढन गर्दछन् र आफ्नो व्यवसाय बढाउने/घटाउने गर्दछन्।

७. तस्कर नियन्त्रण गर्ने मूल्य संयन्त्र सरकार हो। सरकारको नीति, नियम यथार्थमा आधारित हुनुपर्दछ र सरकारमा बसेकाले भन्सारबाट आर्थिक प्रलोभनको आशा गर्नु हुँदैन। तस्करले व्यक्ति बन्न सक्दछ, तर देश बन्दैन। तस्करबाट देश नबन्ने भएकोले त्यस क्षेत्रमा काम गर्नेहरुले राष्ट्रियताको भावना राखेर जसरी भए पनि तस्करीलाई रोक्नु पर्दछ र आफ्नो क्षेत्रलाई स्वच्छ पर्नु पर्दछ।