सिरीयामा युद्ध

१. कुनै बेला शक्तिशाली राष्ट्र मानिने सिरिया वषौर्ं वर्षको गृहयुद्धले क्षतविक्षत भएको छ। कुनै बेला अत्यन्त लोकप्रिय मानिने त्यहाँका राष्ट्रपति अल-असद अहिले उनकै विरुद्धमा विपक्षीहरुले आन्दोलन गर्दा गर्दै गृह-युद्धमा परिणत भएको छ। लामो समयको गृहयुद्धले गर्दा त्यहाँका कतिपय शहरहरु भग्नावशेषमा परिणत भएका छन्।

२. जहाँ लामो समय गृहयुद्ध हुन्छ, त्यहाँ अमेरिका र रुसले अभिरुचि राख्न थाल्छन्। तिनीहरुले सिरियाको गृह युद्धमा रुचि राख्दा राख्दै रुसले राष्ट्रपति असदको समर्थन गरेको छ भने अमेरिका र उसका सहयोगी राष्ट्रहरुले विपक्षीलाई साथ समर्थन गरेका छन्। त्यस्तै छिमेकी देशहरु पनि पक्ष र विपक्षमा विभाजित भएका छन्।

३. गृहयुद्ध त त्यहाँ प्रत्येक दिन भइरहेको छ। तर गत साता सिरियाको पूर्र्वी गुटास्थित डुमा शहरमा रासायनिक आक्रमण भएपछि त्यहाँको स्थितिले अको मोड लिएको छ। रासायनिक आक्रमणबाट कमसेकम ७० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

४. अमेरिका र उसका सहयोगी राष्ट्रहरुले त्यो हमला रुसको सहयोगमा सिरियाली सेनाद्वारा गरिको आरोप लगाएका छन्। त्यो आरोप लगाएको लगत्तै अमेरिका, बेलायत र फ्रान्सले “रासायनिक अस्त्रहरु सार्वजनिक सुरक्षाका लागि खतरा भएकाले” आफूहरु ती अस्त्रहरु ध्वस्त पार्न आक्रमणमा उत्रेको जनाएका छन्। तिनीहरुले क्षेप्यास्त्रहरु प्रयोग गरेर संदिग्ध स्थानहरु ध्वस्त पारेको दावी गरेको छ।

५. अहिले विश्वमा रासायनिक ग्यास आक्रमण र त्यसको विरोधमा गरिएको क्षेप्यास्त्र प्रयोगका घटनाले ठूलो चर्चा पाएको छ। सोभियत संघ, चीन र इरानले अमेरिका र उसका सहयोगी राष्ट्रहरुले गरेको क्षेप्यास्त्र आक्रमणको विरोध गरिरहेका छन् भने र्टर्की, जर्मनी लगायतका देशहरुले त्यो हमलाको औचित्य मान्दै आएका छन्।

६. रुसले विश्वयुद्धको चेतावनी दिएको छ भने चीनले सिरिया सरकारलाई नैतिक समर्थन जनाएको छ। तर चीन आफै युद्धमा उत्रन तैयार देखिँदैन। अमेरिकाले भने रासायनिक ग्यास उत्पादन केन्द्र केही ध्वस्त गरिएको र आवश्यक परे फेरि त्यस्तो क्षेप्यास्त्र हमला हुन सक्ने चेतावनी दिएको छ।

७. संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई संयम अपनाउन अपील गरेको छ। राष्ट्रसंघले रासायनिक हमला गरिएको हो कि होइन, त्यसको परीक्षण गर्ने प्रयासमा छ । रासायनिक हमला गर्नुलाई जघन्य अपराध मानिन्छ। त्यसमा पनि आफ्नै देशका नागरिक माथि त्यस्तो हमला गर्नु बर्बर र अमानुषिक कार्य हो। हिजो त्यो जे भए पनि, आज सिरियालाई रुस र अमेरिकाको युद्ध खेलको मैदान बनाउन दिनु हुँदैन। तिनीहरुको संलग्नताले युद्ध टु·दिैन, बरु लम्बिदै जान्छ। जति लम्बिन्छ, उति सिरिया क्षतविक्षत हुन्छ र सिरियाली जनताले अकालमा मृत्युवरण गर्नुपर्ने हुन्छ। यो कुरा महसुस गरी सिरियाली जनताले छिटो युद्ध रोख्नु आवश्यक छ।