सवोर्च्च नै विवादमा फस्यो

१. विवादै विवाद उत्पन्न हुने हाम्रो समाजमा फेरि अर्को विवाद उत्पन्न भएको छ। यस पटकको विवाद अन्त होइन। सवोर्च्च अदालतमा उत्पन्न भएको छ। अरुको विवाद मिलाउने या न्यायनिसाफ गर्ने सवोर्च्च अदालत आफैै विवादको भूमरीमा फसेको छ। विवाद पनि अरुहरुबीच होइन, स्वयं न्यायाधीश र प्रधानन्यायाधीश बीच उत्पन्न भएको छ।

२. सवोर्च्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले योग्यता र उमेरको विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली कानुनतः गत साउनमा नै पदमुक्त भइसकेको घोषणा गरी प्रधान न्यायाधीश संलग्न भएको इजलास बहिष्कार गरेपछि विवादले नयाँ मोड लिएको छ। यस्तो विवाद इतिहासमा कहिले पनि उत्पन्न भएको थिएन।

३. सवोर्च्च अदालतमा केही महिनादेखि डा. गोविन्द केसीको मानहानीको मुद्दा चलिरहेछ। डा. के.सी.ले प्रधान न्यायाधीश पराजुलीको जन्म मिति र दोहोरो नागरिकताको सहितको प्रश्न उठाएर आमरण अनसन बसेका थिए। प्रधान न्यायाधीश पराजुलीले उनलाई प्रहरी लगाएर अदालतमा उपस्थित गराएपछि स्थितिले अर्को मोड लिएको थियो।

४. यसैबीच कान्तिपुर दैनिकले प्रधान न्यायाधीश पराजुलीको नागरिकताहरुको फोटोकपी प्रकाशित गरेपछि अदालतले पत्रिकाका प्रकाशक र सम्पादकलाई पनि मानहानीको मुद्दा लगाएर त्यसको सुनुवाई सवोर्च्चमा चलिरहेको छ। सवोर्च्चको पूर्ण इजलासमा सुनुवाई गर्ने क्रममा न्यायाधीश चोलेन्द्र शम्शेरले इजलास बहिष्कार गरेका थिए।

५. सवोर्च्च अदालतमा उत्पन्न विवादका सम्बन्धमा पक्ष र विपक्षमा अभिव्यक्तिहरु आउन थालेका छन्। एक पक्षले न्यायाधीश चोलेन्द्र शम्शेरले त्यस्तो गर्न नहुने भन्दै त्यसलाई आपत्तिजनक ठहराउँदै छन् भने अर्को पक्षले अब न्यायाधीश पराजुलीले राजीनामा दिएर न्याय सेवाबाट अलग हुनुपर्ने विचार व्यक्त गर्दैछन्।

६. प्रधानन्यायाधीश पराजुलीको दोहोरो नागरिकता र ती नागरिकतामा उल्लेख फरक फरक जन्म मितिका सम्बन्धमा उनको संसदीय सुनुवाई भएको बेलामा पनि प्रश्न उठेको थियो। प्रधानन्यायाधीश पदमा सुशीला कार्की हुँदा पनि त्यो विवाद चर्केको थियो। अहिले त्यो विवाद चरमोत्कर्षमा पुगेको छ। अब यो लामो समय रहन सक्दैन।

७. हिजो प्रधानन्यायाधीश पराजुली मानहानीको हतियार देखाउँदै आक्रमक रुपमा प्रस्तुत भएका थिए भने आज आफै प्रतिरक्षात्मक अवस्थामा पुगेका छन्। उनको साथ र समर्थन गर्नेहरु पनि क्रमशः अन्त र्फकन थालेका छन्। तैपनि अदालतको कुरा हो। कुन बेला कता गएर टु·निे हो, सर्वसाधारणले भन्न सक्ने कुरा होइन। त्यो जे भए पनि अब यसलाई नलम्वाएर छिटो टुङ्ग्याउनु आवश्यक छ।