समानुपातिक निर्वाचन पद्धति

१. राजनैतिक पार्टीरुले आइतवार समानुपातिक तर्फको बन्द सूची आयोगमा बुझाए पछि एकातिर चुनाव प्रचारले गति लिएको छ भने अकोर्तिर बन्द सूची के हो कस्तो हो भन्ने सम्बन्धमा सोध्ने र जिज्ञासा राख्नेहरुको संख्या पनि उत्तिकै रहेको छ। समानुपातिकबाट केन्द्रमा ११० जना र सातओटै प्रदेश सभाका लागि २२० जना निर्वाचित हुनेछन्।

२. समानुपातिकमा विभिन्न क्षेत्र र समुदायका निश्चित प्रतिशतमा उम्मेदवार बनाउनु पर्ने भएकोले पार्टीरुलाई ती उम्मेदवार छान्ने काम मुस्किल भएको थियो। त्यसमा पनि ५० प्रतिशत महिला उम्मेदवार चयन गर्ने काम झन् समस्यायुक्त भएको प्रष्ट देखिन्छ। त्यसैले पार्टीरुले राति अबेरसम्म पनि आयोगमा बन्द सूची बुझाउन प्रयत्नशील रहेकाथिए भने आयोगका कर्मचारीहरु पनि राति अबेरसम्म पार्टीको निर्वाचन प्रयोजनका लागि खटेर काम  गर्दै थिए।

३. संविधानले २७५ सदस्यीय प्रतिनिधि सभाको व्यवस्था गरेको छ। त्यसमध्ये १६५ जना प्रत्यक्ष निर्वाचित सदस्य हुन्छन् भने ११० जना समानुपातिक तर्फबाट निर्वाचित भएर जति प्रावधान छ। त्यस्तै समानुपातिक तर्फ प्रदेश नं. १ बाट ३७ जना, २ बाट ४३ जना, ३ बाट ४४, ४ बाट २४ र ५ बाट ३५ जना, ६ बाट १६ जना र ७ बाट २१ जना निर्वाचित हुने व्यवस्था छ।

४. समानुपातिकको व्यवस्था नेपालको लागि नौलो व्यवस्था हो। प्रत्यक्ष निर्वाचन लड्न नसक्ने अल्पसंख्यक, पीछडिएका, आदिवासी जनजाति, महिलाहरु यसबाट नीति निर्धारणको तहमा पुग्छन्। त्यसकारण उनीहरुको उत्थान र विकासका लागि यो पद्धति राम्रो मानिन्छ। अन्तरिम संविधान लागु भएपछि सीमान्तकृत वर्ग र समूह संविधान सभामा पुगेका थिए।

५. तर राजनीतिक पार्टीका नेताहरुले अन्य क्षेत्रमा झैं यसलाई पनि दुरुपयोग गरे। उनीहरुले धनाढ्य र सम्पन्न वर्गका मानिसहरुको नाम समानुपातिकमा राखेर उनीहरुलाई संविधान सभाको पद विक्री गरेझैं गरे। उनीहरुको त्यस्तो प्रवृत्तिले समानुपातिक पद्धतिको औचित्य माथि पनि प्रश्न उत्पन्न भयो भने नेताहरुको पनि बदनाम भयो।

६. विगतमा भन्दा यस पटक समानुपातिक पद्धतिमा केही फरक र केही कर्डाई गरिएको छ। जुन प्रतिशतको आधारमा संख्या तोकिएको छ, त्यो संख्या निर्वाचनको परिणाम घोषणा गर्दा पनि देखिनु पर्दछ। बन्द सूचीमा ती सीमान्तकृतहरुको नाम सजाएर राखेर मात्रै हुँदैन भन्ने आवाज धेरै उठ्ने गरेको छ।

७. हामी कहाँ संसारका राम्रा सिद्धान्त, राम्रा पद्धति ल्याइन्छ, तर त्यसलाई ठीक किसिमले प्रयोग नगर्दा त्यो सिद्धान्त र पद्धति नै नराम्रो जस्तो देखिएको धेरै घटना छन्। प्रयोगकर्ताहरु, नेतृत्वकर्ताहरु स्वार्थी तथा नियम आचार संहिताको आफैले पालना नगर्ने भएकाले त्यस्तो भएको हो। यसमा सबैले उनीहरुप्रति औँला ठड्याउनु पर्दछ र  यस पटक यो समानुपातिकमा एक इञ्च पनि तलमाथि पर्न नसकोस् , यसमा सजग र सतर्क हुनुपर्दछ।