श्रीलंकामा राजनीतिक अन्यौल

१. श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई हटाएर पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। राष्ट्रपतिले विक्रमासिंहलाई हटाएर राजापाक्षलाई प्रधानमन्त्री बनाएपछि त्यहाँ राजनीतिक विवाद बढेको छ। त्यो घटनाले राजनीतिक विवाद मात्र होइन, संवैधानिक संकट पनि देखिएको छ।

२. २०१५ मा भएको निर्वाचन पछि राष्ट्रपतिको दल र प्रधानमन्त्रीको दलले गठबन्धन गरी सरकार गठन गरेका थिए। गठबन्धनमा केही महिना पहिलेदेखि विवाद उत्पन्न भएको थियो। त्यो विवाद बढ्दै गएपछि राष्ट्रपति मैत्रीपालाले संसदको बैठक स्थगित गरेर प्रधानमन्त्री विक्रम सिँधेलाई हटाएका थिए।

३. राष्ट्रपति मैत्रीपालाले नियुक्त गरेका व्यक्ति महिन्दा राजापाक्ष राष्ट्रपतिको प्रत्याशीका रुपमा लडेका थिए। उनी पूर्व राष्ट्रपति पनि हुन्। पूर्व राष्ट्रपति भएका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएकामा धेरैले आर्श्चर्य पनि व्यक्त गरेका छन्। श्रीलंकाका छिमेकी देशहरु र शक्ति राष्ट्रहरुले त्यस घटनालाई नजिकबाट नियालि रहेका छन्।

४. नव नियुक्त प्रधानमन्त्री महिन्द्रा राजापाक्षलाई दुर्इ दृष्टिकोणबाट हेर्ने गरिन्छ। उनले तामिल टार्इगर्सको दुर्इ दशक लामो गृह युद्धलाई अप्रत्याशित रुपमा अन्त गरेका थिए। त्यो गृहयुद्ध समाप्त गरेकामा उनको एकातिर प्रशंसा गर्ने गरिएको छ भने अकोर्तिर उनले मानव अधिकारको हनन गरेको भनेर मानवअधिकार विरोधीका रुपमा लिनेहरु पनि छन्।

५. त्यो जे भए पनि राष्ट्रपति मैत्रीपालाले उनलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। तर त्यसको विपरीत त्यहाँको संसदका सभामुख जया सूर्याले राष्ट्रपतिले त्यसरी प्रधानमन्त्री हटाउन नसक्ने जनाएका छन्। यसबाट त्यहाँ संवैधानिक संकट पनि देखा परेको छ। संकट बढ्दै गएको छ र केही दिन यो लम्बिने सम्भावना छ।

६. श्रीलंकामा राष्ट्रपति मैत्रीपालाका पक्षधर र रणासिंघेका पक्षधरहरुको जुलुश निस्कने गरेको छ भने शान्ति सुरक्षाको व्यवस्था गर्ने भनेर अगाडि बढेका प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ। सुरक्षाको स्थिति ब्रि्रदै गएको छ।

७. राष्ट्रपति र पूर्व राष्ट्रपति एकातिर तथा सभामुख र अपदस्थ प्रधानमन्त्री अकोर्तिर रहेको प्रष्ट भएको छ। ती दुवै पक्षले संसदमा आफ्नो बहुमत भएको दावी गरिहेका छन्। तर राष्ट्रपति संसदको बैठक भने स्थगित गरेका छन्। स्थिति अप्ठ्यारो अवस्थामा पुगेको छ। अरु केही दिन यो अन्यौल जारी रहने अनुमान गरिएको छ।