शोचनीय व्यापार घाटा

१. नेपालले २०७४/०७५ मा १३ खर्ब २४ अर्ब ४८ करोडको वैदेशिक व्यापार गरेकोमा १२ खर्ब ४३ अर्ब २९ करोडको वस्तु तथा समान आयात गरेको र कुल निर्णय८१  अर्ब १९ करोड मात्र भई ११ खर्ब ६२ अर्ब व्यापार घाटा भएको तथ्याङ प्रकाशित भएको छ। यो तथ्यांकले हामीलाई सोच्न बाध्य पारेको छ।

२. २०७३/७४ आर्थिक वर्षो व्यापार घाटा नौ खर्ब ११ अर्ब २६ करोड थियो भने २०७४/७५ मा त्यो घाटा बढेर ११ खर्ब ६२ अर्ब पुगेको छ। कुनै बेला नेपालको आर्थिक स्थिति रेमिट्यान्सले धानेको मानिन्थ्यो भने अब रेमिट्यान्स पनि त्यसरी बढेको देखिँदैन। आयात नियन्त्रण गर्न नसकिने र निर्यात बढाउन नसकिने अवस्थामा हामी छौँ।

३. हाम्रो मुख्य व्यापार, भारत, चीन र अमेरिकासँग हुँदै आएको छ। ती तीनै देशहरुसँग हामीले घाटाको व्यापार गरिरहेका छौँ। भारतबाट गत आर्थिक वर्षा ८ खर्ब १० अर्ब ९० करोडको वस्तु तथा सामान नेपाल भित्रिएका छन् भने हाम्रो उत्पादनहरु मध्ये ४६ अर्ब ६० करोडका सामान मात्र भारत गएका छन्।

४. चीनसँगको अवस्था पनि त्यस्तै छ। चीनबाट १ खर्ब ५९ अर्ब ९८ करोड मूल्य बराबरको सामान नेपाल आएको छ भने नेपालबाट २ अर्ब ४३ करोडको मात्र चीन गएको छ। महत्वपूर्ण सबै देशहरुसँग हामीले घाटाको व्यापार गरिरहेका छौँ। व्यापारलाई विविधीकरण गर्ने नाममा हामीले धेरै देशहरुसँग व्यापार त गरिरहेका छौँ, तर नाफाको व्यापार गर्न सकेका छैनौं।

५. गतवर्षचुनावदेखि हाम्रो देशमा समृद्धिको नाराले जोड पक्रेको छ। हाम्रा प्रधानमन्त्री र मन्त्रीहरुले बिहानदेखि बेलुकीसम्म समृद्धिको माला जपिरहेको हामीले सुन्दैछौँ, देख्दैछौँ तर समृद्धिको लक्ष्यतिर हाम्रो पाइला अघि बढेको अनुभूत भएको छैन। देशलाई समृद्धि पार्ने उद्योग र व्यापार क्षेत्रले हो। तर यो क्षेत्रमा कुनै प्रगति भएको छैन।

६. केन्द्रीय सरकार गठन भएको पनि ६ महिना भएको छ। यो ६ महिनामा एक दिन पनि नबिर्राई समृद्धिको पाठ गरिएको छ। तर त्यो समृद्धिको लक्ष्य हासिल गर्ने कार्यक्रम र योजना कहिले ल्याएको छैन। सरकारको वाषिर्क बजेट आएको छ, तर समृद्धिको लागि त्यो बजेट पर्याप्त छैन।

७. यो व्यापार घाटा घटाउन आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबर्द्धन गर्ने उद्योगहरु खोल्नु पर्दछ। निर्यात योग्य सामानको निर्यात प्रबर्द्धन गर्ने उद्योगहरु खोल्नु पर्दछ। निर्यात योग्य सामानको निर्यात विना अवरोध भइरहनु पर्दछ। त्यो वातावरण सरकारले बनाउनु पर्दछ। त्यो पनि भएको छैन। कहिले अदुवा रोकियो भनिँदै छ। सरकारले समुचित ध्यान दिन नसक्दा त्यो अवस्था आएको हो। साच्चै नै समृद्धितिर अघि बढ्ने हो भने यस्तो कुरामा सरकार गम्भीर हुनुपर्दछ र तदनुसार काम गर्नु पर्दछ।