शान्ति सम्झौताका एघार वर्ष

१. सरकार र तत्कालीन व्रि्रोही माओवादी बीच भएको बृहत् शान्ति सम्झौताले ११ वर्ष पूरा गरेको अवसरमा त्यस शान्ति सम्झौता र त्यसको महत्व तथा उपादेयताबारे फेरि एक पटक चर्चा परिचर्चा भएको छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको त्यो शान्ति सम्झौता नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण दस्तावेज हो। त्यो सम्झौता गराउन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अथक प्रयास गरेका थिए।

२. बृहत् शान्ति सम्झौता पश्चात माओवादीहरू राज्यको मूलधारमा आए। सम्झौता पश्चात नेपालमा राजतन्त्रको अन्त भयो भने गणतन्त्रको शुरुवात भयो। नेपालीहरूले गणतान्त्रिक एवम् संघीय संविधान प्राप्त गरेका छन्। त्यसपछि देशमा धेरै परिवर्तन भएको छ, तर राजनीतिक स्थिरताको अभावमा खास ठोस काम कुरा भएको देखिएको छैन।

३. वृहत् शान्ति सम्झौताले धेरै उपलब्धि दिएता पनि त्यस अन्तर्गत सत्य निरूपण आयोग र वेपत्ता छानविन आयोग समयमै गठन हुन नसक्दा र अहिले गठन भएर पनि ती आयोगहरूले छिटो काम गर्न नसक्दा द्वन्द्वपीडितहरू मारमा परिरहेका छन्। आठ सय ४२ जना वेपत्ता पारिएका छन्। तर उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ।

४. द्वन्द्वकालमा मारिएकाहरूको प्रतिपरिवारले राहत र क्षतिपूर्र्ति वापत रु. १० लाख प्राप्त गरेका छन्। तर वेपत्ताहरूको सम्बन्धमा कुनै निर्ण नहुँदा परिवारलाई मानसिक पीडा त हुने नै भयो, व्यवहारिक समस्या पनि उत्तिकै आएको छ। उनीहरूका परिवारले न आस गर्न सकेका छन्, न माया मार्न नै सकेका छन्। उनीहरूको मर्म र पीडाबोध अरुले गरेको देखिएन।

५. द्वन्द्वकालमा अपराधीहरूलाई पत्ता लगाउने र उनीहरूलाई अपराध अनुसार दण्ड सजाय दिने काम भएको छैन। कतिपयको मुद्दा अदालतमा पनि पुगेको छ। आफनो छोराको हत्यारालाई उचित कार्वाही गर भन्दै आमरण अनशन बसेका नन्दप्रसाद अधिकारीको निधन भएको पनि धेरै भयो। नन्दप्रसादकी धर्मपत्नी अझसम्म वीर अस्पतालमा अनशन मै छिन्। तर त्यसको सुनुवाइ भएको छैन।

६. हामीकहाँ कुरा गर्दा जो पनि छिट्छिटो गर्ने भन्छन्, तर एउटा समस्या आउनासाथ किर्ंकर्तव्य विमूढ हुन्छन्। न्याय गर्नुपर्ने ठाउँमा पनि आफ्नो स्वार्थअनुसार हेर्छन्। न्याय निसाफमा निष्पक्षता नहुनु कमजोरी हो। द्वन्द्वकालमा अपराध गरेकाहरू कोही ठूलठूला ओहदामा पुगिसकेका छन्। जागिरमा रहेकाहरू कोही अवकाश पाएर गइसकेका छन्। जति पछि भयो, उति यो समस्या सुल्झाउन गाह्रो भएको छ।

७. केही ठूलावडाहरू द्वन्द्वकालको मुद्दालाई टालटुल गरेर पन्छाउने पक्षमा भएका देखिन्छन्। यो मानव अधिकारसँग सम्बन्धित भएकोले यो फासफुस गरेर टु·याएर मात्र हुँदैन भन्ने कुरा कुमार लामाको घटनाले देखाएको छ। त्यो द्वन्द्वकालका घटनालाई छिटो टु·याउनु पर्दछ। सधैं राजनीतिक सिद्धान्तको नाममा भूमिगत बस्ने, जंगल जाने, तथा विस्फोट गरी जनजीवन आत·ति पार्ने काम राम्रो होइन।