विकासमा अन्यौल

१. विकासका लागि नेपालीहरु अत्यन्त आत्तिएका छन्। आफ्ना नागरिकहरुको त्यही भाषा बुझेर संघीय सरकार र प्रदेश सरकारहरु पनि के-कसरी विकास गरी अरुभन्दा अघि बढ्ने भन्नेमा लागिपरेका छन्। ती सरकारहरुले यो आठ महिनामा गरेका प्रयासहरुले त्यो कुरा र्छलङग पारेका छन्।

२. विकासका लागि आत्तिएका सरकारका प्रतिनिधिहरु विकासको मोडेल खोज्दै कोही सिंगापुर पुगेका छन् भने कोही मलेसिया गएका छन्। अधिकांश त औपचारिक एवम् अनौपचारिक किसिमले छिमेकी चीनमा गएका छन्। यो आठ महिनामा चीन र नेपालका नागरिकहरुको उल्लेखनीय किसिमले आवत जावत भएको छ।

३. नेपालमा कम्युनिष्टहरुको सरकार भएको र त्यो सरकार पनि दुर्इ तिहाइको सरकार भएकोले पनि चीनसँग हाम्रो निकटता बढ्दै गएको छ। चीनको विकासबाट नेपालीहरु प्रभावित पनि भएका छन्। नेपालीहरु त्यसको विकासबाट के-कसरी लाभान्वित हुने भनेर निकै चिन्तन मनन गर्दैछन्।

४. तर सरकारले गरेका काम कुरा हेर्दा सरकारमा बसेकाहरुले अझ पनि विकासका लागि निर्दिष्ट मार्ग फेला पार्न सकेका देखिदैनन्। उनीहरु अझै अन्यौलमा छन्। राम्रो भाषामा भन्ने हो भने उनीहरु अझै अध्ययन कै क्रममा छन्। सरकारको त्यो क्रम कहिले टुङगनिे हो, जनता भने छटपटाउन थालेका छन्।

५. एकातिर जनताको स्थिति त्यस्तो छ भने अकोर्तिर विकासको वातावरण ब्रि्रने हो कि भन्ने शंका पनि उत्पन्न भएको छ। संघीय सरकार र प्रदेश सरकारहरुको सम्बन्ध चिसिएको अवस्था छ। प्रदेश सरकारका मुख्यमन्त्रीहरुको भेलालाई प्रधानमन्त्री के.पी. ओलीले आफूलाई घेराबन्दी गर्न खोजेको अर्थमा बुझे।

६. देशमा एकपछि अर्को अनपेक्षित घटनाहरु घट्दै छन्। ३३ किलो सुन प्रकरणमा न सुन फेला पार्न सकियो, न कि सुनका मालिक नै। निर्मला पन्त हत्या प्रकरण त्यस्तै रहेको छ। पूर्व राजदूत केशव झाको हत्या, एसिड प्रकरणदेखि पोखराको पुष्पा के.सी.को मृत्युका सम्बन्धमा सरकारले कुनै ठोस उपलब्धी हात पार्न सकेन।

७. सरकारको बाटो अहिले उकालो भएको छ। सत्तारुढ पार्टीको भातृ संगठनले आइजीपीको राजीनामा मागेको छ। अन्य संगठनहरुले गृहमन्त्रीको राजीनामा मागेका छन् भने प्रमुख प्रतिपक्षीका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई नालायक भनेका छन्। विकासको वातावरण ह्रास हुँदै गएको देखिएको छ। त्यस कारण सरकारले केही दिन भित्रै केही न केही कदम चाल्नु आवश्यक भएको औंल्याउने गरिएको छ।