वाम तालमेल र प्रभाव

१. नेपाल कम्युनिष्ट पार्टीएमाले र माओवादी केन्द्र तथा नयाँ शक्ति नेपालले पार्टीएकीकरण गर्ने सहमतिका साथ नजिक आएको चुनावमा तालमेल गर्ने निर्णय गरेपछि त्यसले राजनीतिमा ठूलो तरङ्ग पैदा गरेको छ।ती पार्टीका शीर्ष नेताहरुले समाजवादका नयाँ मोडेल तयार पारेर आर्थिक सम्बृद्धि र बलियो राष्ट्रिय एकता गर्दै देशको नेतृत्व लिने उद्घोष पनि गरेका छन्।

२. दशैंको टीका लगाएर मस्त साथ बसेका नेपालीहरुलाई कम्युनिष्ट पार्टीरु बीचको त्यो तालमेलको खबरले सबैको ध्यान आकषिर्त गरेको छ।कोही कसरी यो तालमेल संभव भयो भन्दैछन् भने कोही सरकारको भविष्य के हुनेहोला भन्नेमा अनेक अड्कलबाज्ाी गर्दैछन्।खास गरेर सरकारको प्रमुख साझेदार पार्टीमाओबादी केन्द्र प्रमुख प्रतिपक्षी एमालेसंग तालमेल गर्न गएपछि त्यो अड्कलबाजी हुन स्वाभाविक हो।

३. त्यो चुनावी तालमेल र एकीकरणको कुरा अकस्मात आए जस्तो भएको छ।तर यो अकस्मात होइन।एक डेढ वर्ष पहिले वाम बुद्धिजीवीहरु र नेताको सहमतिमा घनश्याम भुषालको संयोजकत्वमा एकीकरण समिति बनेको थियो।जुन कुरा हामीले यसै स्तम्भमा उल्लेख पनि गरेका थियौ । त्यही समितिले गोप्य रुपले अनेक प्रयास गरेर वातावरण बनाउदै थियो।

४. दशैं अगाडि काठमाण्डौंमा भएको बामपन्थीहरुको वृहत प्रशिक्षण शिविरले नयाँ पुस्तालाई यसरी अग्रसर बनायो कि उनीहरुले आपसमा नेताहरुलाई एकताका लागि ठूलो दवाव दिए। नेताहरुलाई चीनको दवाव पनि उत्तिकै थियो। नेपालमा वामपन्थीहरु किन मिल्न सक्दैनन् भन्ने प्रश्न सधैँ आउने गर्दथ्यो। नजिकको चुनावले पनि त्यो सहमति जुटाउन दवाव दिएको थियो। यो तालमेल र सहमतिको प्रयासले कार्यकर्ता र नेताहरु अति उत्साही भएका छन्।

५. अकोर्तिर नेपाली काँगे्रसले आफ्ना सभापति एवं प्रधानमन्त्री शेरबहादुर देेउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग निकट सर्म्पर्कमा रहेकोले एमाले र माओवादी केन्द्रको तालमेल र एकाताको लागि सहमति त्यसरी होला भनेर सोचेकै थिएन। वामपन्थीहरुको त्यो सहमतिले प्रधानमन्त्री देउवालाई निश्चय नै ठूलो धक्का दिएको छ। तर त्यो अस्वाभाविक होइन।

६. काँगे्रसको अको पक्ष स्थानीय चुनावमा माओवादी केन्द्रसँग तालमेल गरेकोमा असन्तुष्ट थिए। उनीहरु कम्युनिष्टहरु संगै मिल्नै हुँदैन्ा भन्छन्। पार्टीका महामन्त्री शशांक कोइरालाले समेत त्यस्तो विचार पटक पटक व्यक्त गर्दै आएका छन्।काँगे्रसको त्यो पक्ष वामपन्थीहरुको त्यो तालमेललाई अस्वभाविक मान्दैन्ा र त्यसबाट आत्तिनु पर्ने आवश्यकता पनि देख्दैन।

७. वामपन्थीहरुको त्यो तालमेलले कसलाई कति फाइदा पुग्ला त्यो भोलिको कुरा हो। तर नयाँ शक्तिका राष्ट्रिय संयोजक डा. बाबुराम भट्टराईलाई तत्काल फाइदा भएको छ । स्थानीय तहको चुनाव परिणामले लाज ढाक्नै गाह्रो अवस्थामा पुगेको उनलाई राहतको अनुभव भएको हुन सक्दछ।उता काँगे्रस लोकतान्त्रिक तालमेल गर्दैछ। यसबाट नेपालको रानीति दुर्इ धु्रवतिर बढ्ने संकेत देखिएको छ।धेरै पार्टीभएकाले अस्थिर भएको सरकारमा धु्रवीकरणको प्रयासले स्थिर सरकार गठनमा सघाउ पुग्न गयो भने त्यो देश र समाजको लागि एक उपलब्धि नै हुन सक्दछ।