वामदेवको सांसद बन्ने प्रयास

१. प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले आफ्नो सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले त्यस पदबाट राजीनामा दिनुको मतलब नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्र नं. ७ को सांसद पद खाली गर्नु हो। नेता गौतम सांसद पदका लागि अति लालयित भएका छन्।

२. नेता गौतम संसदमा पुग्न उनले धेरै सांसदहरुलाई राजीनामा दिन दबाब दिएको समाचार बराबर आउने गरेको थियो। उनले एक दर्जन भन्दा बढी सांसदलाई अनुनय/विनय गरे। तर कोही पनि आफ्नो सांसद पद त्याग्न तैयार भएनन्। आखिरमा पार्टीअध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमले भनेपछि मानन्धरले सांसद पदबाट राजीनामा दिन तैयार भएका हुन्।

३. उनले राजीनामा दिने घोषणा गर्नासाथ राजनीतिमा एउटा तर· आएको छ। गएको संसदको निर्वाचनबाट पराजित भएका गौतम यति छिट्टै सांसद हुनका लागि किन मरिहत्ते गरेका छन्, यो प्रश्न धेरैले सोध्ने गरेका छन्। यसले धेरै सन्देह पैदा गरेको छ। उनलाई सांसद बनाउन अध्यक्ष दाहालले प्रयास गरिरहेको कुरा बराबर बाहिर आएका थियो।

४. यो घटनाले विगतमा नेता माधव नेपाललाई सांसद बनाएको कुरालाई सम्झाएको छ। नेता नेपाललाई भित्रबाट कहाँबाट कसले सांसद बनाउने भूमिका खेल्यो, त्यसबेला त्यो थाहा भएन। बाहिर दाहालले नै उनलाई सांसद बनाएको देखिएको थियो। पछि नेपाल प्रधानमन्त्री भएपछि दाहालले अमृत भनेर रोपेको विष वृक्ष परेछ भनेका थिए।

५. यो राजीनामाले प्रधानमन्त्री ओलीलाई पनि झस· पारेको हुनुपर्दछ। सांसद मानन्धरले आफ्नो गोप्य सकलमा नेता गौतम सांसद भएमा प्रधानमन्त्री सम्म हुने सम्भावना रहेको र त्यसपछि आफ्नो क्षेत्रको विकास हुने कुरा बताएको बाहिर आएको छ। वास्तवमा नेता गौतम सांसद मात्र हुनका लागि मरिहत्ते गरेको भन्न कोही तैयार छैनन्।

६. भित्र केही न केही चलखेल भएरै हो कि प्रधानमन्त्री ओलीले आज भोलि आफ्नो सरकार पाँच वर्ष टिक्छ भन्दै आएका छन्। दुर्इ तिहाइ बहुमत प्राप्त सरकारले बराबर त्यसो भन्नु आवश्यकै छैन। तैपनि उनले त्यसो भनेका छन्। त्यो भनाइ भित्र निश्चय नै रहस्य छ। आन्तरिक सत्ता संङघर्षको गन्ध छ। अन्यथा बाहिरबाट सत्ता परिवर्तनको कुनै सम्भावना छैन।

७. केन्द्रीय राजनीतिमा सक्रिय भूमिका खेल्दै आएका गौतमको लागि सांसद कुनै ठूलो पद होइन। त्यसको लागि यत्ति मरिहत्ते गरिराख्नु पर्ने देखिदैन। फेरि यो चुनाव उनको लागि त्यत्ति सजिलो नहुन सक्छ। सरकारको लोकप्रियता घटेको बेला छ। पार्टीको लागि फेरि यो चुनाव जिते के न के हारेमा सरकार, पार्टीको र उनकै प्रतिष्ठामा समेत आँच आउन सक्छ।