लेनिन दिवस

१. आज लेनिन दिवस । विश्वका कम्युनिष्टहरुले आज विभिन्न कार्यक्रमहरु राखेर यो दिवस मनाउने गर्दछन् । नेपालका कम्युनिष्टहरुले पनि यो दिवस मनाउने गर्दछन् । एमाले र माओवादी केन्द्रले त यस दिवसलाई अरु महत्व प्रदान गर्न आआफ्नो पार्टीएकीकरण गर्ने निर्णय पनि गरेका थिए । तर आखिरमा तिनीहरुले यस महत्वपूर्ण दिवसमा पार्टीएकीकरण गर्न सकेनन् ।

२. जारशाहीको अन्याय, अत्याचार र शोषण सहन गरेका लेनिन युवावस्थादेखि नै व्रि्रोही स्वभावका थिए । उनले जारशाहीका विरुद्धमा संगठन पनि बनाए । उनले बनाएको त्यो संगठनलाई पछि रुसी कम्युनिष्ट पार्टीपनि भन्ने गरे । सोही कम्युनिष्ट पार्टीकाई व्यापक र विस्तृत पार्दै उनले सुदृढ पारे ।

३. कार्ल मार्क्स र एंगेल्सको समाजवादी सिद्धान्तलाई लेनिनले आत्मसात गरे । समाजको अन्तर्विरोधलाई उनीहरुले विष्लेशण गरे र देशका किसान, मजदूर र सर्वहारा वर्गलाई कम्युनिष्ट पार्टिभित्र गोलबन्द गरे । सन् १९१७ मा लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्न भयो । जारशाहीको अन्त्य भयो । श्रमिक र मजदूरको नाममा लेनिनको नेतृत्वमा सरकार पनि गठन भयो ।

४. डिक्टेटरशिप अफ प्रोलेटारियटको नाममा गठित सरकारलाई क्रान्तिकारी सरकार भन्ने गरियो । क्रान्तिकारी सरकारले समाजमा विद्यमान शोषणको अन्त्य गरी समतामूलक समाज स्थापना गर्न अनेक कदमहरु चाले । समाजवादी सिद्धान्त अनुसार पूजीपतिहरुको पूजी राष्ट्रियकरण गरियो । व्यक्तिगत संपत्ति राख्न नपाइने भयो । सबै संपत्ति राष्ट्रको भयो । एउटा नयाँ अर्थतन्त्रको स्थापना गरियो । यसरी मार्क्सको सपनालाई उनले पूरा गरे भन्ने गरिएको छ ।

५. त्यही बेलादेखि संसार दुर्इ ध्रुवमा विभाजित भयो । अनि क्यापिटलिज्म भर्सेज सोसलिज्म भन्ने भयो । उता राजनीतिमा डेमोक्रेसी भर्सेज कम्युनिज्म भन्ने पनि भयो । कम्युनिज्म भन्नासाथ हिंसामा विश्वास गर्ने, विरोधीको सफाया गर्ने, बलप्रयोग, जबर्जस्तीगर्ने, वाक्स्वतन्त्रता, लेखन स्वतन्त्रतामा प्रतिबन्ध लगाउने शासन व्यवस्था भन्ने अर्थमा बुझन थालियो ।

६. लेनिनले मात्र ७ वर्ष शासन गरे । आफ्नो शासन कालमा उनी विश्वका किसान, मजदूर एवं श्रमिक वर्गको एकमात्र मसिहाका रुपमा स्थापित भए । उनी त्यस वर्गको प्रेरणका स्रोत भए । उनको शालिक निर्माण गरियो । रुसमा मात्र होइन कम्युनिष्ट शासन स्थापना भएका मुलुकहरुमा पनि उनको शालिक खडा गरियो । कतिपय पार्टीरुको नामसमेत उनकै नामबाट राख्ने फेशन पनि आयो ।

७. आफ्नो शताब्दीका उनी चर्चित नेता रहे । उनका एक एक शब्दको अर्थ निकालेर व्याख्या गर्ने गरियो । एक पक्षले उनको स्तुति गान गरेर कहिल्यै थाक्दैनन् भने अको पक्ष उनको धुवाँधार विरोध पनि गर्दै आएको देखिन्छ । जेभएपनि कम्युनिष्ट विश्वको उनी अद्वितीय व्यक्तित्वका रुपमा रहेका छन् । त्यसैले उनको दिवस आजपर्यन्त धूमधामकासाथ मनाउने गरिएको छ ।