रोहिंग्या समस्या र सुकी

१. नोबेल शान्ति पुरस्कारकासाथै संसारका विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित आङसाङ सुकीको देश म्यानमारमा केही महिनादेखि रोहिंग्या समस्या विकलराल रुपमा उत्पन्न भएको छ। म्यानमारका सैनिकहरुले ती रोहिंग्याहरु माथि आक्रमण गरेपछि रोहिंग्याहरु त्यहाँ बस्न नसकी बंगलादेश लगायतका विभिन्न देशहरुमा शरणार्थी रुपमा गएका छन्।

२. बंगलादेशमा मात्र रोहिंग्या शरणार्थीहरुको संख्या ६ लाख भन्दा बढी भएको अनुमान गरिएको छ। भारत सरकारले ती रोहिंग्याहरुलाई पस्न दिएन। नेपालमा पनि उनीहरु आएका छन्। रोहिंग्या शरणार्थीहरुले खान बस्नसमेत नपाएर नारकीय जीवनयापन गरिरहेका छन्। उनीहरुको समस्याले विश्वको ध्यान आकषिर्त गरेको छ।

३. नोबेल शान्ति पुरस्कारबाट सम्मानित सुकी म्यानमार सरकारकारको महत्वपूर्ण र प्रभावशाली पदमा रहेकीले उनले त्यो समस्या समाधान गर्ने छिन् भनी अपेक्षा गरिएको थियो। विभिन्न देशका सरकार र मानव अधिकारवादी संस्थाहरुले पनि उनलाई आग्रह गरेका थिए। उनलाई आग्रह गर्नेहरुको संख्या बढ्दै गएको छ।

४. इसाई धर्म गुरु पोपले पनि आफ्नो भ्रमणको क्रममा म्यानमार पुग्दा प्रत्यक्ष। अप्रत्यक्ष रोहिंग्याको समस्या समाधान गर्नुपर्ने औंल्याएका थिए। तर उनले ठोस काम कुरा केही गरेको नदेखिँदा उनीप्रति असन्तोष बढ्दै गएको छ। नोबेल शान्ति पुरस्कार विजेताहरु केहीले उनलाई दिएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने विचार पनि व्यक्त गरेका छन्।

५. मानव अधिकारलाई आजको विश्वमा महत्वका रुपमा लिने गरिएको छ। मानव अधिकार हनन् भएको कसैले सहन सक्दैन। रोहिंग्याको विरुद्ध त्यस्तो अन्याय एवम् अत्याचार भएको विश्वव्यापी रुपमा फैलिएर पनि सुकीले त्यो समस्या समाधान गर्ने दिशामा ठोस काम नगरेको आरोप लगाएर अक्सफोर्ड विश्वविद्यालयले उनलाई दिएको “फ्रिडम अफ द इ·लिस सिटी अफ अक्सफोर्ड” सम्मान फिर्ता लिएको छ।

६. अक्सफोर्ड विश्वविद्यालयले हिंसामाथि आँखा चिम्लिनेलाई सम्मान गर्न नसकिने भन्दै विश्वविद्यालयको सेण्ट ह्युज कलेजमा टाँगिएको सुकीको तस्वीरसमेत हटाएको छ। सुकीले १९६० को दशकमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्। विश्वविद्यालयको त्यो कार्यवाहीले सुकीलाई ठूलो धक्का दिएको छ। मानव अधिकार हनन गर्नेलाई कहाँ कसरी र कुन बेला कार्यवाही गरिने रहेछ भन्ने यो एक उदाहरण हो।

७. म्यानम्यारमा सैनिक शासनबाट भरखरै प्रजातन्त्रको स्थापना भएकोले सैनिकहरुको प्रभाव घटेको छैन। एक त त्यो कारणले पनि सुकीलाई अप्ठ्यारो परेको हुन सक्छ भने अकोर्तिर रोहिंग्याहरुले गठन गरेको लडाकु दस्ताले प्रहरी चौकीहरुमाथि हमला गरेकोले पनि सरकारले जवाफी कार्वाही गरेको हुनुपर्दछ। त्यो जे भए पनि निहत्था मानिसमाथि हतियारधारीले आक्रमण गर्नु हुँदैन। सुकीले त्यो कार्यवाही रोक्नु पर्दछ र रोहिंग्याहरुलाई स्वदेश फर्काएर सम्मानसाथ बस्ने वातावरण तैयार गर्नुपर्दछ।