राजपा पार्टीटुक्रियो

१. हाम्रो देशमा राजनीतिक व्यवस्था बराबर फेरिएको, राजनीतिक व्यवस्था फरिए अनुसार संविधान निर्माण गरिएको र राजनीतिक पार्टीरु धेरै भएकाले सरकार अस्थिर भएको सबैले भोगेको कुरा हो । यो संविधानले राष्ट्रिय पार्टीहुनका लागि सिलिङको व्यवस्था गरेकोले पार्टीरुको संख्या घटेको सबैले देखेको कुरा हो ।

२ं निर्वाचन पछि देशमा आशाको किरण देखिन थालेको छ । अब हिजो जस्तो सरकार अस्थिर हुँदैन भन्ने स्थिति सिर्जना भएको छ । एमाले र माओवादी केन्द्रको गठबन्धनले चुनावमा आवश्यकीय बहुमत ल्याएकोले पनि स्थायीसरकार हुन्छ भन्ने भरोसा उत्पन्न गरेको छ ।

३. एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारलाई संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समर्थन गरेपछि सरकारको आधार अरु मजबुत भएकोछ । त्यसमा पनि संघीय समाजवादी पार्टीले आफ्नो माग पूरा भएमा सरकारमा सामिल हुने निर्णयसमेत गरेको छ । फोरमको त्यो निर्णयले पनि स्थायी सरकारलाई बल दिएको छ ।

४. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर एमाले र माओवादी पार्टीएकीकृत हुने निर्णयसमेत गरेका छन् । तिनीहरुले पहिले चुनावको लगत्तै एकीकृत हुन्छ भनेका थिए तर तिनीहरुको आन्तरिक कारणले एकीकृत हुन नसके पनि तिनीहरु त्यस दिशामा जान प्रयास गरिरहेकै छन् ।

५. तिनीहरुले लेनिन दिवसमा एकताको घोषणा गर्ने निर्णयसमेत गरेका थिए । तर केन्द्रीय समितिमा कसको कति कति सदस्य रहने भन्ने लगायतका कुरा नमिलेकाले त्यो निर्णय कार्यान्वयन हुन सकेन । माओवादी केन्द्रले ५० प्रतिशतको भाग खोजिरहेको छ भने एमाले त्यसलाई त्यति प्रतिशत दिन तयार छैन ।

६. माओवादी केन्द्रका नेताहरुले सम्मानजनक भाग खोजेका छन् । ५० प्रतिशतको साटो सम्मानजनक शब्दमा जोड दिने गरिएबाट तिनीहरुको मिलन विन्दु नजिकिएको पनि देखिन्छ । एमालेले पनि आफू ठूलो पार्टीभएकोले ज्यादै कस्न हुदैन भन्ने आवाज पनि आएको छ । बाह्यशक्तिले पनि मिल्नका लागि धेरै प्रोत्साहित गरेको छ ।

७. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर राष्ट्रिय जनता पार्टीटुक्रिएको छ । त्यस पार्टीले पहिलो वाषिर्की मनइरहेकै बेला त्यसका उपाध्यक्ष अशोककुमार यादवले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । देशको स्थिति सम्हालिएर आएको बेला त्यो पार्टीकिन फुट्यो ? यो एक रहस्यमय कुरा छ । त्यसले राष्ट्रिय राजनीतिमा खास असर पार्न त सक्दैन तर प्रदेश नम्बर दुर्इमा के कस्तो प्रभाव पार्ला त्यो भने यसै भन्न सकिने अवस्था छैन । त्यो जे भएपनि अहिलेको वेला पार्टीफुट्नु राम्रो होइन ।