राजनीतिमा खेलकूदको प्रभाव

१. राजनीति राजनीति हो। खेलकूद, खेलकूद हो। यी दुवै बेग्लाबेग्लै विषय हुन्। त्यसैले यिनीहरुको के सम्बन्ध भन्नेहरु पनि छन् तर यिनीहरुको सम्बन्ध छ र कहिलेकाहीँ यिनीहरु एकले अकोर्लाई प्रभाव पार्दछन्। हालै दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिक खेलकूद त्यस्तै खेलकूद भएको छ, जसले समसामयिक राजनीतिलाई प्रभाव पारेको देखिएको छ।

२. कोरियाको आपसी युद्ध पश्चात् १९५३ मा कोरिया प्रायद्वीप दुर्इ टुक्रामा विभाजित भयो। त्यसरी विभाजित भए पश्चात् उत्तर तर्फको भागलाई उत्तर कोरिया भनियो भने दक्षिणी भागलाई दक्षिण कोरिया भनियो। उत्तर कोरियामा कम्युनिष्ट शासन छ, जसलाई चीन र रुसको समर्थन छ भने दक्षिण कोरियामा प्रजातान्त्रिक शासन पद्धति छ, जसलाई अमेरिकाको समर्थन छ।

३. विपरीत राजनीतिक सिद्धान्त अंगालेका ती दुर्इ देशबीच बारम्बार युद्ध हुने गरेको छ। बारम्बार युद्ध हुने भएकोले उत्तर कोरिया ठूल्ठूला एवम् खतरनाक हातहतियार बनाउने तिर लाग्यो भने दक्षिण कोरियालाई अमेरिकी समर्थन भएकोले उद्योग धन्दा र व्यापारिक विकासतिर लागेको छ। दक्षिण कोरियाले द्रुततर आर्थिक विकास गरेको छ।

४. दक्षिण कोरियाले भरखरै शीतकालीन ओलम्पिक खेलको आयोजना गर्‍यो। त्यो आयोजना गर्ने अवसर पाएदेखि नै दक्षिण कोरिया सरकारले विभिन्न कुटनैतिक सञ्जाल मार्फत् उत्तर कोरियासँग सम्बन्ध बढाउने उपाय गर्दै थियो। कोरिया प्रायद्वीपका बुद्धिजीवीहरुले ओलम्पिकमा दुर्इ कोरिया होइन, एकतावद्ध कोरिया देखाउनु पर्ने आग्रह गर्दै थिए। यस पटक कोरियाको झण्डामुनि दुवै कोरियाका खेलाडीहरुले मार्च पास गरे। त्यसलाई ओलम्पिकको ठूलो सफलता मानिएको छ।

५. उत्तर कोरियाबाट आएको प्रतिनिधि मण्डलमा उत्तर कोरियाका नेता किम जोङकी बहिनी पनि सहभागी थिइन्। उद्घाटन समारोहमा त्यहाँको उच्चस्तरीय सरकारी प्रतिनिधि आएको थियो। त्यहाँको प्रतिनिधि मण्डलले दक्षिण कोरियाका राष्ट्रपति मुनलाई भेटे। उनीहरुले कोरिया प्रायःद्वीपमा विद्यमान तनाव कम गर्ने विषयमा छलफल पनि गरेका थिए। चीनका प्रतिनिधिसँग पनि त्यस्तै कुरा भएको थियो।

६. कुराकानीको क्रममा उत्तरकोरियाले आणविक हातहतियार बनाउन बन्द गर्नुपर्ने, उता अमेरिका र राष्ट्रसंघले उत्तरकोरियामाथि लगाएको नाकाबन्दी फितलो गर्नुपर्ने तथा उत्तर कोरिया र दक्षिण कोरियाबीच यस्तै वार्ता जारी राख्नुपर्ने महसुस गरिएको छ। दुर्इ कोरियाबीच कहिलेकाहीँ बूढाबूढीहरुलाई अको देशमा भएका आफ्ना नातेदारहरुलाई भेटघाट गर्ने मौका दिने गरिएको छ।

७. कोरियन राष्ट्रवादीहरु अझै दुर्इ कोरिया होइन, एक कोरिया हुनुपर्ने अडानमा छन्। पूर्व जर्मनी र पश्चिमी जर्मनी एक हुन सक्छन् भने दुर्इ कोरिया किन एक हुन सक्दैन भन्ने तिनीहरुको तर्क छ। कोरिया कहिले एक सूत्रमा आवद्ध होला यो भविष्यको कुरा हो। तर तिनीहरुलाई नजिक ल्याउन ओलम्पिकले ठूलो अवसर दिएको छ। खेलकूदले राजनीतिलाई प्रभाव पार्छ भन्ने प्रष्ट देखिएको छ।