राजनीतिको घुम्ती

१. नेपालको राजनीतिमा दुर्इटा महत्वपूर्ण राजनीतिक सिद्धान्त बोकेका पार्टीहरू छन्। तीमध्ये एक नेपाली काङ्ग्रेस हो भने अर्को कम्युनिष्ट पार्टी पहिले यी दुर्इ पार्टीको फासला चर्को थियो। अर्को शब्दमा यी दुर्इ सिद्धान्तका पार्टीकहिले मिल्न नसक्ने पार्टीभन्ने गरिन्थ्यो।

२. समयले कोल्टे फेरे अनुसार देशको राजनीतिले धेरै घुम्तीहरु पार गर्दै कहिले यता कहिले उताको परिवर्तनमा पुग्यो। गणेशमान सिंहको नेतृत्वमा भएको २०४१/४२ को सत्याग्रहले काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई नजिक्यायो। २०४६ को ऐतिहासिक जनआन्दोलनले तिनीहरुलाई सहकार्य गरी अघि बढ्न सकिन्छ भन्ने पार्‍यो।

३. पञ्चायतको अन्तपछि काँग्रेस र कम्युनिष्ट मुख्य पार्टीभए र एक अकोर्बाट टाढा पुगे। त्यसबेला तिनीहरुले आपसमा मिल्नुभन्दा राप्रपा चन्द र राप्रपा थापालाई च्यापेर अघि बढे। तिनीहरुले राप्रपालाई च्यापेका मात्र होइनन् ती ठूला पार्टीहरूले राप्रपा चन्द र राप्रपा थापाको नेतृत्वमा गठित सरकारमा आफू समर्थक भएर रहे।

४. ज्ञानेन्द्रले सत्ता हत्याएपछि बाध्य भएर तिनीहरु फेरि नजिकिए। तिनीहरुले ज्ञानेन्द्रको विरुद्धमा संयुक्त आन्दोलन गरे, तर प्रभावकारी भएन। दिल्लीमा काँग्रेस, एमाले र माओवादीले १२ बुँदे सहमति गरेपछि राजनीति अर्को घुम्तीमा पुग्यो। गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा भएको २०६२/६३ को आन्दोलनले ती तीनै पार्टीकाई नजिक्यायो।

५. त्यसपछि बनेका सरकारहरु ९/१० महिनामा फेरिएकाले पार्टीहरू कहिले यता कहिले उता भए। धेरै वर्षपछि भएको स्थानीय चुनावमा शेरबहादुर देउवा र प्रचण्डले भरतपुर लगायतका केही ठाउँमा चुनावी गठबन्धन गरे। तर त्यो गठबन्धनमा दुवै पार्टीका कार्यकर्ताहरुलाई एकले अकोर्लाई मत दिन ज्यादै मुस्िकल भयो।

६. प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा के.पी. ओली र पुष्पकमल दाहालले चुनावी गठबन्धन गरी अघि बढेपछि राजनीतिले फेरि अर्को कोल्टे फेरेको छ। अहिले कम्युनिष्ट सिद्धान्त बोक्ने पार्टीहरू एक ध्रुवमा केन्द्रित हुँदैछन् भने काँग्रेस आपसी कहलमा चुर्लुम्म डुबेको छ र देउवा खेमा र रामचन्द्र खेमाका नेताहरु विवादमाथि विवाद गर्दैछन्।

७. चुनावले कम्युनिष्टहरुलाई उत्साही गरेको छ र तिनीहरु एकीकृत के कसरी हुन सक्छ भनी आÇनो खुट्टा ताछेर भएपनि एकतारुपी जुत्ता लगाउने भरमग्दुर प्रयास गरिरहेका छन्। तर काँग्रेसले भएको संगठनलाई पनि छिन्नभिन्न पारेर त्यस्तो चौबाटोमा पुगेको छ जहाँबाट कुन बाटो समातेर अघि बढ्ने भन्ने नै प्रष्ट छैन। कार्यकर्ताहरु अन्यौलमा छन्। उनीहरुले सशक्त प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न सकिरहेका छैनन्, सशक्त प्रतिपक्ष बिनाको प्रजातन्त्र कस्तो हुन्छ भन्ने कुरा नेपालमा देखिने सम्भावना बढेको छ।