राउटे जातिको संरक्षण

१. लोपोन्मुख जाति राउटेहरु दशैंको मुखमा सरकारबाट केही पाउन तथा प्रधानमन्त्री के.पी. ओलीलाई आफ्नो जातिको संरक्षणका लागि नीति बनाइदिन आग्रह गर्न काठमाडौं पुगेका छन्। तर उनीहरुले प्रधानमन्त्री ओलीलाई भेट्न नसकेको र केही सहायता पाउन नसकेको गुनासो गरेका छन्।

२. राउटे जातिको आफ्नै संसार छ। उनीहरु फिरन्ते जीवनयापन गर्दछन्। एउटा जंगलदेखि अको जंगल गएर बसोबास गर्दछन्। केही वर्ष पहिलेसम्म उनीहरुले आफ्नै सरकार भएको दावी गर्दथे। उनीहरु आफ्ना मुखियालाई सवेसर्वा मान्दछन् र उनकै अर्डर अनुसार काम गर्दछन्।

३. केही सामाजिक संघसंस्थाहरुको प्रयासबाट उनीहरुले केही सिकेका छन्। जानेका छन्। उनीहरुले काठमाडौं सम्म पुगेर माग्न थालेको पनि धेरै वर्ष भएको छैन। यसअघिका प्रधानमन्त्रीहरुले केही खसी र केही रकम दिने गर्दथे। त्यो पाएर उनीहरु द· भएर घर र्फकन्थे। तर यसपटक उनीहरुले केही नपाएको गुनासो गरेका छन्।

४. राउटेहरुको त्यो गुनासो धेरैको कानमा परेको छ। त्यो गुनासो सुन्नेहरुले लोपोन्मुख जातिलाई केही सहयोग गर्न किन कञ्जुस्याई गरेको होला भन्ने गरेका छन्। देशभरिमा राउटेहरुको संख्या जम्मा १४५ मात्र छ। प्रत्येक वर्ष त्यो संख्या घट्दै गएको छ। एउटा सिंगो जाति नै लोपोन्मुख अवस्थामा पुग्नु सोचेमा कहालीलाग्दो स्थिति हो।

५. सरकारका मन्त्रालयहरुले आफ्ना आसेपासे र आसेपासेका संस्थाहरुलाई लाखौं लाख दिँदै आएका छन्। दशैंमा पहिलेदेखि सहायता रकम बाँड्ने चलन नै छ। यस्तो बेलामा राजधानी पुगेका राउटेहरुले केही नपाउनु आर्श्चर्य लाग्दो कुरा छ।

६. नेपालमा राउटेहरु दाङ, सल्यान, सुर्खेत र दैलेख लगायतका जंगलहरु कहिले यता कहिले उता गरी फिरन्ते भएर घुमफिर गर्दछन्। जंगलमा बस्ने र कहिकतै पाल आदि टाँगेर बस्ने भएकाले जाडोमा उनीहरु कठाङ्ग्रिने र औषधी मूलोको अभावमा असामयिक मृत्यु हुने गर्दछ।

७. जंगली अवस्थाबाट अहिले उनीहरुको जीवनयापनमा परिवर्तन आएको छ। जंगली जनावर र कन्दमुल खाएर निर्वाह गरिरहेका उनीहरु भात पकाएर खान थालेका छन्। नुहाएर सफा भएर बस्न थालेका छन्। अब केही सुविधा खोज्न थालेका छन्। यो सकारात्मक परिवर्तन हो। यस्तो बेलामा सरकार र समाजले निरुत्साह होइन, उत्साहित पार्न केही सहुलियत दिनु पर्दछ।