युवा कार्यक्रमको आवश्यकता

१. प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वमा गठित सरकारले विकास, निर्माण र समृद्धिको नारा दिएर अघि बढिरहेको छ। यो सरकार दुर्इ तिहाई भन्दा बढीको समर्थन प्राप्त गरी गठन भएकोले यो स्थिर र स्थायी सरकार हुने अपेक्षा गरिएको छ। त्यसमा पनि एमाले र माअेावादी केन्द्रको एकता भएमा यसले सरकारलाई अझ सुदृढ र मजबुत बनाउने छ।

२. यो सरकारलाई धेरैले धेरै आशा लिएर हेरिरहेका छन्। त्यसमा पनि युवाहरुले विशेष किसिमले हेरिरहेका छन्। कतिपय गाउँमा मलामी जाने र खेत खनजोत गर्ने युवाहरुसमेतको अभाव भएको बेलामा युवाहरुले देशमा उद्योगधन्दा, व्यापार, कृषिका लागि अनुकूल वातावरण सिर्जना गरी रोजगारीका अवसर उपलब्ध गर्नेछ भनी प्रतीक्षा गर्नु ठूलो कुरा हो।

३. रोजगारीका लागि खाडी देशमा जानेहरुको संख्या घट्दै छ। त्यसरी जाने युवाहरुमध्ये केही युवाहरु सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्नेछ भनी सरकारको मुख ताकेर बसिरहेका छन्। देशमा भएका युवाहरुले मात्र त्यसरी हेरेका होइनन्, विदेशमा भएकाहरुले पनि उत्सुकतापूर्वक हेरिरहेका छन् र वातावरण अनुकूल भएमा स्वदेश र्फकने विचार गरिरहेका छन्।

४. गाउँ-गाउँमा युवाहरु नभएर काम गर्न गाह्रो भएको बेलामा युवाहरुमा यस्तो परिवर्तनको विचार आउनु ठूलो कुरा हो। यसलाई सरकारले अवसरको रुपमा लिनुपर्दछ र युवाहरुलाई प्रशिक्षण तालिम आदि दिएर स्वरोजगार र रोजगारको अवसर दिनु पर्दछ। उनीहरुलाई अब देशमा केही हुन्छ र केही गर्न सकिन्छ भन्ने भावनाको वीजारोपण गर्नु आवश्यक छ।

५. सरकार गठन भएको दुर्इ महिना पुग्न लागेको छ। प्रधानमन्त्रीले दिनहूँ भाषण गरिराखेका छन्, भाषणको विकास भएको छ। तर सरकारको युवाहरुलाई आकषिर्त पार्ने कुनै नीति र कार्यक्रम आएको छैन। यो दुर्इ महिनामा दुर्इ दिन नेपाल बन्द भएको छ। एक दिन विद्यालय बन्द भएको छ। एक दिन प्रादेशिक बन्दको घोषणा पनि गरिएको छ। यस्तो घोषणा गरिँदा पनि सरकारले त्यसलाई असफल पार्ने कुनै कदम चालेन।

६. त्यत्ति मात्र होइन, चार महिना पहिलेदेखि फेरि चालु भएको विराटनगर जुट मिल, विजुलीको महसुल तिरेन भनी उद्योगमा विजुली बन्द गरिएको छ। सरकारले जनतालाई आश्वस्त पार्न जारी गरेको श्वेतपत्र विवादमा फँसेको छ। सरकारले युवाहरुलाई रोजगारी दिँदै आएको सहकारी संस्थालाई विभिन्न कारण देखाएर कस्न खोजेको छ। यी यस्ता गतिविधि हुन् जसले विकास निर्माण र समृद्धिको कुरामा प्रश्न चिन्ह खडा गर्दछन्।

७. युवाहरुले अत्यन्त आश लाग्दो किसिमले देशको गतिविधि हेरिरहेका र आफ्नो लागि उपयुक्त ठाउँ खोजिरहेको बेला सरकार अत्यन्त सजग र सतर्क हुनुपर्दछ। नकारात्मक कुरा कहिँ कतै पनि प्रवेश गर्न दिनु हुँदैन। उनीहरुको उत्साह र उम· अरु बढाउन सरकारले छिट्टै युवा स्वरोजगार र रोजगार उपलब्ध हुने कार्यक्रम ल्याउनु आवश्यक छ।