मेडिकल कलेजको सम्बन्धन विवाद

१. त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्को शनिवार बसेको आकस्मिक बैठकले काठमाडौं स्थित विवादास्पद नेशनलकलेजलाई दिएको सम्बन्धन स्थगित गरेको छ। कार्यकारी परिषद्ले करिब एक महिना पहिले डा. गोविन्द के.सी. आमरण अनशन बसिरहेकै बेला नाटकीय ढ·ले त्यसलाई सम्बन्धन दिएको थियो।

२. विश्वविद्यालयको कार्यकारी परिषदले सम्बन्धन दिएको समाचार बाहिर आउनासाथ त्यसको विवाद अरु चकेको थियो। नेपाल चिकित्सक संघले विरोध नै जनाएको छ भने कतिपयले त्यसमा आर्श्चर्य व्यक्त गरेका छन्। त्यस कलेजलाई सम्बन्धन दिएको समाचार सम्प्रेषण हुनासाथ सञ्चार क्षेत्रमा कार्यरत समाचारदाताहरु सो कलेज हेर्न गएका थिए। कलेजमा कुनै अस्पताल नभएको पाएपछि उनीहरु आर्श्चर्य चकित भएका थिए।

३. त्यो समाचार बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले यथार्थ कुरा बुझ्न एक टोली अस्पतालमा पठाएको थियो। अस्पतालले स्वास्थ्य मन्त्रालयको टोलीलाई प्रवेश नै दिएन। त्यसरी प्रवेश नै नदिएपछि त्यसै टोलीको प्रतिवेदनको आधारमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले कथित अस्पताल बन्द गर्ने निर्णय गरेका छन् ।

४. प्रधानमन्त्री शेरबहादुर देउवा नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने पक्षमा छन् । उनले आफू भारत भ्रमणमा जानुपूर्व नै सम्बन्धन खारेज गर्न त्रिविविका उपकुलपति तीर्थ खनियालाई निर्देशन दिएका थिए। तर उपकुलपति खनियाले सम्बन्धन खारेज नगरी स्थगन मात्र गरेका छन्। जुन बढी आलोच्य भएको छ।

५. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर एमालेका अध्यक्ष के.पी. ओलीले आफ्नो मौनता भ· गर्दै सरकारले लिएको निर्णयको विरोध गरेका छन्। उनले त्यस कलेजलाई दिएको सम्बन्धन नियतवश स्थगन गरिएको आरोप लगाएका छन्। उनले त्यस कार्यलाई प्रधानमन्त्री देउवाले कुलपतिको हैसियत दुरुपयोग गरेको लाञ्छना पनि लगाएका छन्।

६. एमालेका नेताहरु नेशनल मेडिकल कलेजले सम्बन्धन पाउनासाथ आफ्नो मनमोहन मेडिकल कलेजको पालो आउनेमा विश्वस्त छन्। मनमोहन मेडिकल कलेज पनि यस्तै गरी रोकिएको छ । यहाँ सबैको आ-आफ्नै स्वार्थ छ। एमालेको तत्काल अर्को स्वार्थ के छ भने त्यस पार्टीले नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीलाई वीरगञ्ज महानगरपालिकाको मेयरमा टिकट दिएको छ । उनलाई जिताउनु पार्टीको अर्को स्वार्थ छ।

७. सरकार आगामी १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खुलाउन नदिनेमा प्रतिबद्ध छ । तैपनि केही व्यक्त्तिmहरु मेडिकल कलेज  खुलाउन अग्रसर भएका छन्। जहाँ जसरी हुन्छ, खुलाउन लागि परेका छन् । यो विवाद तुरुन्तै समाधान हुने देखिँदैन। विवाद अरु लामै समय तन्किएर जाने लक्षण देखिन्छ ।