मन्त्रिमण्डलको विस्तार

१. नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना हुन लागेको छ। उनले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। तर एक महिना बित्न लागेर पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। मन्त्रिमण्डल विस्तार अझै किन गरिएन भन्ने प्रश्न उत्पन्न भएको छ।

२. मन्त्रिमण्डलको विस्तार प्रधानमन्त्रीको स्वअधिकारको कुरा हो। तर आजभोलि सरकार विभिन्न पार्टीरु मिलेर गठन गर्ने भएकाले कुन पार्टीको कति जना राख्ने भन्ने सवाल चको रुपमा आउने गरेको छ। प्रधानमन्त्री देउवालाई त्यो समीकरण मिलाउन पनि निकै गाह्रो छ। राप्रपाले पनि सरकारमा प्रवेश गर्ने इच्छा जाहेर गरेको छ। त्यसको लागि पनि कोटा छुट्याउनु पर्ने अवस्था छ।

३. यो मन्त्री मण्डलसँग सर्वसाधारणको अको एक चासो छ। त्यो हो-हिजो राम्रो काम जेजति भएको थियो, त्यसको निरन्तरता। हिजोका केही मन्त्रीहरु :  स्वास्थ्य मन्त्री गगन थापा, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नविन्द्रराज जोशीले केही राम्रो कामको थालनी गरेका थिए। मन्त्रीहरु छिटो थपेर ती कामलाई निरन्तरता दिनु आवश्यक छ।

४. हिजो लोडसेडिङ अन्तको घोषणा गरिएको थियो। लोडसेडिङ अन्तगरिएकोमा सबैले त्यस कार्यको प्रशंसा गरेका थिए। तर अहिले लोडसेडिङ त भनिएको छैन, तर विजुलीको आपूर्ति नियमित छैन। बिजुली कहिले जाने कहिले आउने गरेको मात्र होइन, लामो समय आपूर्ति बन्द हुने गरेको छ।

५. हिजो स्वास्थ्यमन्त्री थापाले जनताको पक्षमा केही निर्णयहरु गरेका थिए। ती निर्णयको कार्यान्वयन निरन्तर भएको छ कि छैन, त्यो प्रष्ट भएन। त्यस्तै उद्योगमन्त्री जोशीले बन्द भएका उद्योग सञ्चालन शुरु गरेका थिए। त्यसको पनि प्रशंसा भएको थियो। त्यो काम पनि बीचैमा रोकिएला कि भन्ने आशंका छाएको छ।

६. राम्रो कामले निरन्तरता पाउनु पर्दछ। त्यसको लागि प्रधानमन्त्रीले छिटो मन्त्रीहरु थप गर्नुपर्दछ। प्रधानमन्त्री देउवाको काँधमा दर्जन भन्दा बढी मन्त्रालय छन्। प्रधानमन्त्रीले त्यसरी थुप्रै मन्त्रालय आफ्नो काँधमा लिनु समय मै नीति निर्णय नहुनु हो। काम ढिलो हुनु हो। अब काम ढिलो गर्ने बेला होइन।

७. धेरै पटक प्रधानमन्त्री भएर अनुभव बटुली सकेका प्रधानमन्त्री देउवाले अब छिटो र राम्रो काम गर्नुपर्दछ। अब एक पछि अको चुनाव आउँदै छ। अहिले राम्रो काम गर्न सकेन भने त्यसको परिणाम पार्टीले भोग्नु पर्ने प्रष्ट छ। पार्टीले भोग्नु एउटा कुरा हो भने सर्वसाधारण जनताले त्यसभन्दा पहिले भोग्नुपर्ने अवस्था आउँछ। त्यो गम्भीर कुरा हो। यिनै कुराहरुलाई दृष्टिगत गरेर मन्त्रीमण्डलको छिटो विस्तार गर्नु आवश्यक छ।