भारत र चीनको तनावमा हाम्रो भूमिका

१. नेपालका छिमेकी देशहरु भारत र चीनबीच केही समयदेखि तनाव उत्पन्न भएको छ। नाथुला सीमा क्षेत्रमा चीनले सडक निर्माण गर्दा दुर्इ देशका बीच त्यस किसिमको तनाव उत्पन्न भएको हो। टोक्ला चौकीका सेनाहरुबीच वाकयुद्ध हुँदाहुँदै एकले अकोर्लाई धक्का-धक्कीसमेत गर्ने परिस्थिति उत्पन्न भएको छ ।तिनीहरु बीचको यो तनावले कस्तो रुप लिन्छ, यसै भन्न सकिने अवस्था छैन।

२. सीमाका सेनाहरुले एकले अकोर्लाई धकेल्ने र ठेल्ने गरेको दृश्य देख्दा शुरुमा धेरैले आर्श्चर्य मानेका थिए। चीनया सेनाहरु दक्षिणतिर जान खोज्ने र भारतीय सेनाले रोकेर उत्तरतर्फ फर्काउन खोजका थिए। चीनले त्यस क्षेत्रमा बनाउन खोजेको बाटोको भाग भारतमा परेको तर्क भारतीयहरुको रहेको छ भने चीनले त्यसलाई आफ्नो क्षेत्र भन्दैछ।

३. भारतले त्यसरी बाटो बनाउन रोकेको विरुद्धमा चीनले भारततर्फ बनाइएका दुर्इटा अस्थायी बैंकर ध्वस्त पार्‍यो। यो घटनाले ती दुर्इ देशको पुरानो कटुता पुनः जागृत गरेको छ। सन् १९६२ मा तिनीहरुका बीच युद्ध नै भएको थियो। कतिपयले त्यही युद्धलाई सम्झने गरेका छन्। केहीले त्यस्तो नहोस् पनि भनेका छन्।

४. सीमामा तिनीहरुका बीच तनाव उत्पन्न भएको लामो समय बितेको छ। तर त्यसलाई समाधान गर्ने प्रयास भएको छैन। प्रयास नभएको मात्र होइन, सञ्चार माध्यम लगायतका केही अधिकारीहरुले धम्की दिने प्रयास पनि गरेका छन्। भारतीय पक्षले आफ्नो शक्ति १९६३ को जस्तो नभएको उल्लेख गरेको छ भने चीनले आफ्नो शक्ति त्यसबेला भन्दा अहिले धेरै बढेको बताएको छ।

५. सर्वसाधारण र सञ्चार माध्यमले त्यसो भन्नु ठूलो कुरा होइन। केही दिन पहिले जी-२० को सम्मेलनमा जर्मनीको ह्यार्म्बर्गमा भेट हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले त्यसबारे कुरै नगर्नु ठूलो कुरा हो। के उनीहरुले यो तनावलाई बढाउनै चाहेका हुन् त भन्ने प्रश्न पनि उब्जेको छ।

६. भुटानको सीमा क्षेत्रमा विद्यमान टोक्ला क्षेत्रको विवादमा भुटान त्यसै पनि मुछिएको छ भने त्यो विवाद बढ्दै गएमा त्यसको असर नेपालमा पर्ने निश्चितप्रायः छ। त्यसमा नेपालले के कस्तो भूमिका निर्वाह गर्ने हो त्यो सोचनीय कुरा छ। तर देशमा त्यस घटनालाई त्यति गम्भीर किसिमले लिइएको देखिँदैन।

७. भारत र चीन दुवै हाम्रा छिमेकी देश भएका हुँदा  छिमेकीको ठूलो विवादको प्रभाव हामीकहाँ पर्नु स्वाभाविक हुन्छ। त्यस्तो प्रभावलाई हामीले हटाउन चाहेर पनि हटाउन सक्ने छैनौँ। त्यस कारण सरकारले दूरगामी चिन्तन गरेर छिमेकीहरुलाई मिलाउने कुटनीतिक प्रयास गर्नु राम्रो हुन्छ। हाम्रो दुर्इ देशबीचको अवस्थितिले पनि हामीलाई त्यस्तो काम गर्न घच्घच्याउँछ। यो कुरा सरकारले तुरुन्त महसुस गर्नु पर्दछ र ती दुर्इ छिमेकीलाई शुरुमा तत्काल वार्ता गर्न आव्हान गर्नुपर्दछ र त्यसपछि कुटनैतिक माध्यमद्वारा मध्यस्थताको प्रयास गर्नु पर्दछ।