बौद्धस्थलको संरक्षण

१. कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिकास्थित निग्लिहवामा अवस्थित कनकमुनि बुद्धको जन्मस्थल अंकित अशोक स्तम्भको सरकारले हालै कलात्मक छहारी बनाएर संरक्षण गरेको छ। दशकौंदेखि वेवारिसे जस्तै अवस्थामा रहेको सो स्तम्भलाई यसरी छहारी बनाएर संरक्षण गरेकोमा स्थानीयवासीहरु र त्यहाँ दर्शन अवलोकन गर्न जाने पर्यटकहरु लगायत सम्बद्ध सबै खुशी भएका छन्।

२. सरकारले रु. ३० लाख खर्च गरेर ६ मिटर लामो, चार मिटर चौडा तथा आठ मिटर उचाइको कलात्मक छहारी बनाएको छ। सो छहारीलाई तीनतिरबाट चिनियार् इटाको आधी पर्खाल र आधी ग्रील लगाइएको छ भने माथिल्लो भागमा परम्परागत शैलीमा टायलको छाना लगाइएको छ। पश्चिमतिर दुर्इ झ्याल र प्रवेशद्वार राखिएका छन्।

३.प्रवेशद्वारको दुवै ढोकामा कलात्मक ढ·ले कुँदेर आशिर्वाद मुद्राको बुद्धको पूर्ण्कदको मर्ूर्ति राखिएको छ। झ्याल पनि त्यस्तै कलात्मक छ। छहारी भित्र र बाहिर भुइँमा टेराकोटा टायल लगाएर राम्रो पारिएको छ। कनकमुनि बुद्धको जन्मस्थल, सो जन्मस्थललाई चिनाउने अशोक स्तम्भको त्यसै पनि महत्व थियो भने त्यो छहारीले अब त्यस स्थललाई अरु दर्शनीय बनाएको छ।

४. साधारणतया नेपाललाई शाक्यमुनि बुद्धको जन्मस्थलको रुपमा मात्र वर्ण्र्ाा गरिँदै आएकोमा अब नेपाल कनकमुनि बुद्धको पनि जन्मस्थल हो भन्ने कुरामा अरु ध्यान आकृष्ट गरेको छ। त्यसको अतिरिक्त त्यसको नजिकै गोटीहवा भन्ने ठाउँमा क्रकुच्छन्द बुद्ध जन्मस्थल अंकित अकोर् अशोक स्तम्भ पनि छ।

५. नेपाल शाक्यमुनि बुद्ध, कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धको पनि जन्मस्थल भएको सिद्ध भएको छ। यसले नेपालको महत्व अरु बढाएको छ भने अकोर्तिर बुद्ध धर्मको इतिहासलाई अरु लम्ब्याएको छ। बौद्ध शास्त्रमा उल्लिखित दीपड्ढर बुद्धदेखि २८ बुद्धहरुको श्रृङ्खला र इतिहास जोड्दा यसको महत्व र गरिमा अरु बढेको प्रष्ट हुन्छ।

६. हाम्रो देश बुद्ध जन्मेको देश भएर पनि यहाँ बौद्ध शास्त्रहरुको अध्ययन त्यत्ति महत्वका साथ गरिँदैन। कतिपयले यसलाई अझै पूर्वाग्रहले हेर्ने गर्दछन्। जसको कारण बुद्ध धर्मका धेरै कुराहरु अझै ओझेलमा परिरहेको अवस्था छ। बौद्ध स्थलहरु धेरै छन्। तीमध्ये धेरै उपेक्षित अवस्थामा छन्। सरकारले त्यसको ख्यालै गरेको छैन।

७. हामीले भरखरै नेपाल बुद्धको जन्मस्थल भन्न थालेका छौँ। अब नेपाल शाक्यमुनि बुद्धको मात्र होइन, कनकमुनी र क्रकुच्छन्द बुद्धको पनि जन्मस्थल हो भन्नु परेको छ। उनीहरुको पनि प्रचार-प्रसार गर्नुपरेको छ। नेपाललाई अरु गौरवान्वित पार्नु परेको छ। यही भावनाले हामीले आफ्नो कामकुरा गर्नु पर्दछ र अगाडि बढ्नु पर्दछ।