बुद्धजयन्तीको शुभकामना

१. आज २५६२ औं बुद्ध जयन्ती हो। आज त्रिसंयोग दिवस पनि हो। शाक्यमुनि बुद्ध आजकै दिन अर्थात् वैशाख पूणिर्माकै दिन जन्मेका थिए। उनले अनेक त्याग, तपस्या र ध्यान भावना गरेर ३५ वर्षको उमेरमा वैशाख पूणिर्माकै दिन बुद्धत्व प्राप्त गरेका थिए भने त्यसपछि निरन्तर ४५ वर्षसम्म आफ्नो धर्म प्रचार गर्दै ८० वर्षको उमेरमा ‘वैशाख पूणिर्मा’ कै दिन महापरिनिर्वाण प्राप्त गरेका थिए।

२. शाक्यमुनि बुद्ध नेपालमा जन्मेका एक नेपाली हुन्। उनी नेपालका राष्ट्रिय विभूति हुन्। आफ्नो राष्ट्रिय विभूतिद्वारा प्रतिपादित धर्मर्दर्शन नेपाल र नेपालीको आफ्नै धर्म दर्शन हो। यो वास्तविकता नेपाल र नेपालीले क्रमशः महसुस गर्दैछन्। हिजोभन्दा आज बुद्ध धर्म दर्शनको चिन्तनमनन गर्नेहरुको संख्या बढ्दै गएको छ।

३. बुर्द्धधर्म शान्तिको धर्म हो, मैत्रीको धर्म हो र अहिंसाको धर्म हो। यो धर्ममा पञ्चशीलको प्रावधान राखिएको छ। चार आर्यसत्यको व्यवस्था गरिएको छ। आर्य अष्टा·कि मार्गको व्याख्या गरिएको छ भने प्रतीत्य समुत्पादको उल्लेख गरिएको छ। ती सबैको ज्ञान हासिल गरी ध्यान भावनाद्वारा निर्वाण प्राप्त गर्नु यसको लक्ष्य रहेको छ।

४. बुर्द्धधर्मको २५०० वर्ष पहिले जुन महत्व थियो, आज त्यसको महत्व अरु बढेको छ। पहिले नेपाल र भारतमा मात्र रहेको यो धर्म अहिले विश्वव्यापी भएको छ। दक्षिण पूर्र्वी एशियाका कतिपय देशको यो राज्य धर्म भएको छ भने अन्य देशहरुले यसलाई महत्वपूर्ण धर्मको रुपमा ग्रहण गरेका छन्।

५. यो शान्तिको धर्म संयुक्त राष्ट्रसंघमा पनि पुगेको छ। संयुक्त राष्ट्रसंघले वैशाख पूणिर्माका दिन विदा दिएर भगवान बुद्धप्रति ठूलो सम्मान व्यक्त गरेको छ। राष्ट्रसंघले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकासको लागि गुरुयोजना बनाउन लगाएर तथा गुरुयोजना अनुसार विकास गर्न जुन योगदान दिएको छ। तयो अविस्मरणीय छ।

६. लुम्बिनीको विकासको इतिहासमा राष्ट्रसंघका तात्कालीन महासचिव उथान्तको नाम अविच्छिन्न रुपले जोडिएको छ। राष्ट्रसंघका पूर्व महासचिव मूनले पनि वृहत्तर लुम्बिनी विकासको अवधारणा ल्याएका थिए। त्यसअनुसार गुरुयोजना पनि तैयार भएको छ। तर सरकारले त्यसलाई वास्ता गरेको छैन। वृहत्तर लुम्बिनी गुरुयोजना कार्यान्वयन भएमा कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाको काँचुली फेरिने छ।

७. सरकारले विश्व बौद्ध सम्मेलनको पटक-पटक आयोजना गरेर आफ्नो प्रतिवद्धता व्यक्त गरेको छ। तैपनि सरकार तर्फबाट लुम्बिनीमा गर्नुपर्ने काम अझै पुर्‍याएको छैन। गुरुयोजना शुरु भएको चार दशक बढी भएको छ। चार दशक भनेको छोटो अवधि होइन। यसलाई सरकारले गम्भीरतापूर्वक लिनु पर्दछ। सरकारले छिटै लुम्बिनीको काम पूरा गरी वृहत्तर लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयनतिर लाग्नु पर्दछ। २५६२ औँ बुद्धजयन्तीको यस अवसरमा हामी सबैको सुख, शान्ति, आयु आरोग्यको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।