बागी उम्मेदवारको सकस

१. यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीरुका आधिकारिक उम्मेदवारको विरुद्धमा सम्बन्धित पार्टीर कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनय पत्र दाखिला गर्नेहरुको संख्या धेरै भएकाले जताततै बागी उम्मेदवारको चर्चा छ। बागी उम्मेदवार हुनेहरुमा नेपाली काँग्रेसका एक ताका सह-महामन्त्री भएका गोवन्दराज जोशी देखि भरखरै एमाले प्रवेश गरेकी कोमल ओली समेत छन्।

२. सम्पूर्ण प्रायः, बागी उम्मेदवारहरुको तर्क र गुनासो छ ? आफ्नो पार्टीले आफ्नो उचित मूल्यांकन नगरेको अर्थात् आफूलाई उम्मेदवार नबनाएको, नेताहरुले आफूलाई उम्मेदवार बनाउने आश्वासन दिएर पनि आखिरमा धोका दिएको आदि गुनासो गरेका छन्। उनीहरु मध्ये अधिकांश नेताहरुले आफूभन्दा जुनियर र निष्किय व्यक्तिलाई टिकट दिएर आफूमाथि अन्याय गरेको आरोप पनि लगाउने गरेका छन्।

३. नेताहरुले एक दुर्इ जना बागी भएको भए त्यसलाई वास्ता गर्ने थिएनन् तर अहिले बागीहरुको संख्या अत्यधिक छ। नेताहरुको सामु यो एक समस्याको रुपमा देखा परेको छ। तिनीहरुलाई पार्टी व्यवस्थापन के-कसरी गर्ने त्यो तत्काल सोचेर चित्त बुझाउनु पर्ने अवस्था छ। चित्त बुझाउन नसकिएमा कार्वाही गरेर उनीहरुलाई पार्टीट निष्कासन गर्नु पर्ने कठोर निर्णय गर्नु पर्ने अवस्था आउन सक्छ।

४. पार्टीले गर्ने त्यस्तो निर्णय कठोर र अप्रिय हुन्छ। त्यसकारण त्यस्तो निर्णय गर्नु भन्दा अगाडि पार्टीर बागी उम्मेदवारहरु दुवै पक्षले सोच्नु पर्दछ। आवेश र आवेगमा आउनु हुँदैन। पार्टीले आफ्ना कार्यकर्ताहरुको संरक्षण गर्नु पर्दछ भने कार्यकर्ताहरुले पनि अहंपना देखाएर आफू भए ठीक अन्यथा पार्टीहारोस् भन्नु हुदैन।

५. पार्टी कार्यकर्ताहरुले त्याग तपस्या गरेका हुन्छन्, लगानी गरेका हुन्छन्, जेलनेल पनि सहेका हुन्छन्। पार्टी आफूले धेरै गरेकाले अहिले केही मात्र गर्नु अर्थात उम्मेदवार हुन खोज्नुलाई कसैले कदापि नराम्रो भन्नु हुँदैन। त्यसमा पनि चुनावमा उम्मेदवार हुन खोज्नु उसको नैसर्गिक अधिकार हो। चुनाव भनेको कार्यकर्ताको लागि आफूले रोपेको बोटको फल खानु जस्तै हो।

६. साथै बागी उम्मेदवार भएकाहरुले पनि पार्टी आफूभन्दा सिनियर र बढी त्याग तपस्या गरेकाहरु के-कति छन्, त्यो पनि हेर्र्नुपर्दछ। उनीहरुले के-कति धैर्यधारणा गरेर बसेका छन्, त्यो पनि हेर्र्नुपर्दछ। उनीहरुको मूल्यांकन भयो कि भएन त्यसलाई पनि ख्याल गर्नु पर्दछ। उनीहरुले भन्दा बढी आफूले अवसर प्राप्त गरियो कि भन्ने पनि सोच्नु पर्दछ। मूल्यांकन धेरै किसिमले गर्नुपर्दछ।

७. चुनावमा नेताहरुको केही विवशता र बाध्यता पनि पनि हुन्छन्। जिम्मेवार कार्यकताले त्यो कुरा पनि बुझ्नु पर्दछ। आफूलाई मात्र केन्द्र बिन्दुमा राखेर सोच्नु पनि हुँदैन। बागी भएर आफूले जिते ठीकै होला। आफू पनि हार्ने र पार्टीपनि हार्‍यो भने के होला – त्यसबेला के आफू हाँसेर बस्न सक्ला -, सोच्नु पर्ने कुरा यो हो। यो चुनावको एउटा घटनाले भोलि आफू सधैँ आफूले मलजल गरेर हुकाएको पार्टीर छरछिमेकबाट समेत टाढा रहनु पर्‍यो भने, त्यो अवस्था कस्तो होला, त्यो पनि सोच्नुपर्ने कुरा हो। यस्तोमा आवेश र आवेगमा होइन, ठण्डा दिमागले सोच्नु पर्दछ र यस्तो चुनाव जीवनमा फेरि फेरि आउँछ भनेर सोच्नु पनि आवश्यक छ।