प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

१. संसदीय सुनुवाई समितिको शुक्रवार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका का.मु प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको छ। उनलाई केही हप्ता पहिले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।

२. संसदीय समितिको दुर्इ तिहाइ बहुमतले त्यो प्रस्ताव अस्वीकृत गरेको हो। समितिमा सत्ता पक्षीय दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र संघीय समाजवादी फोरम एकातिर र प्रतिपक्षी नेपाली काँग्रेस अर्को तिर देखिएको थियो। बैठकको निर्णय सर्वसम्मत गर्न खोजिए पनि त्यो हुन सकेन।

३. सुनुवाई समितिको त्यो निर्णयले राजनीतिक र न्यायिक क्षेत्रमा ठूलो तर· उत्पन्न गरेको छ। प्रतिपक्षी नेपाली काँग्रेसका सदस्यहरु प्रस्ताव पारित गर्ने बेलामा बैठक त्यागेर बाहिरिएका थिए। सत्तापक्षीय सांसदहरु मध्ये नेपाल कम्युनिष्ट पार्टीका नौ जना र संघीय समाजवादी फोरमका एक जनाले सो निर्णय गरेका थिए।

४. सत्तापक्षीय सांसादहरुले जोशीको नाम अस्वीकृत गर्नुपर्ने कारणमा न्याय क्षेत्रको सुधारमा कुनै ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको, सुनुवाइको क्रममा आफू विरुद्ध दिइएको उजुरीबारे स्पष्टीकरण दिन नसकेको देखि उनको जन्म र प्रमाणपत्र समेत संदेहात्मक भएको बताइएको छ।

५. त्यस्तै नेपाली काँग्रेसका सांसदहरुले पनि उनको नाम सिफारिस गर्नु पर्नेमा पाँच ओटा बुँदा प्रस्तुत गरेका थिए। आउने केही दिन यो विषय हट केक भएर रहने अनुमान गरिएको छ। नेपाल बार एशोसियसनले त्यो निर्णयलाई स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेप भनेको छ।

६. राप्रपाले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा भएको संवैधानिक परिषद्बाट सिफारिस व्यक्ति सुनुवाई समितिबाट अस्वीकृत हुँदा संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको दाबी गरेको छ। यसले सि·ो परिषद् र प्रधानमन्त्री माथि पनि नैतिकताको प्रश्न तेस्र्याएको छ। परिषद्ले कस्तो व्यक्तिलाई सिफारिस गरेको भन्ने प्रश्न उत्पन्न गरेको छ।

७. यो कुरामा विवेकको विषय भन्दा राजनीतिक विषय बढी भयो। राजनीति घुसेपछि विवाद हुन्छ। सत्तापक्ष र प्रतिपक्ष प्रष्टसाथ छुट्टनिु त्यसैको परिणाम हो। सवोर्च्चमा पनि राजनीति पुगेको यो प्रमाण हो। यस पटकको यो गम्भीर घटना हो। नेताहरुको निहित स्वार्थले गर्दा यस्तो भएको हो। आयन्दा यस्तो घटना फेरि नदोहोरियोस्, अहिलेलाई हामी यत्ति नै भन्न चाहन्छौ।