प्रजातान्त्रिक योद्धा खड्काको अवसान

१. प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा नेपाली काँग्रेेसका नेता भूतपूर्व मन्त्री खुमबहादुर खड्काको गत शुक्रवार भारतको दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ। उनी मिर्गाैला रोगबाट पीडित थिए। दुर्इ वर्ष पहिले मिगौर्ला प्रत्यारोपण गरिएको भए तापनि त्यसमा समस्या देखिएको थियो। उनी ६८ वर्षका थिए।

२. उनी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा लागेका थिए। परिवारबाट नै राजनीतिमा लाग्न प्रेरणा पाएका उनले शुरुदेखि नै पञ्चायत विरोधी छवि बनाएका थिए। उनले राजाको तस्वीरमा ढुङ्गा प्रहार गरेपछि उनी राजनीतिक क्षेत्रमा चर्चित भएका थिए। एकातिर उनी चर्चित भए भने अकोर्तिर प्रहरीले उनको नाममा पक्राउ पूर्र्जी काटेको थियो।

३. २०२६ सालमा २० वर्षको कलिलो उमेरमा उनी स्वनिर्वासनमा भारत पुगेका थिए। भारतमा उनले पञ्चायतको विरोधमा हातहतियार संकलन र ओसारपसारको कामसमेत गरेका थिए। वीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसादको छत्रछायामा रहेर उनले उल्लेखनीय काम गरेका थिए। त्यसवेला युवाहरु माझ उनी उदाहरणीय थिए।

४. २०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति अख्तियार गरी स्वदेश र्फकने बेलाको अग्रिम टोलीमा रही उनी स्वदेश फर्केका थिए। त्यसवेला उनी जेल पनि परेका थिए। पञ्चायत विरोधी आन्दोलनमा उनी सधै’ अग्रिम पंक्तिमा रहन्थे र निडरतापूर्वक आफ्नो टोलीको नेतृत्व गर्दथे। काँग्रेसी वृत्तमा उनी अत्यन्त लोकप्रिय थिए।

५. प्रजातन्त्रको पुनवहालीपश्चात भारतको २०४८, २०५१ र २०५६ को निर्वाचनमा उनले लगातार जिते र पटक-पटक मन्त्री पनि भए। त्यस बेला उनको प्रभाव काँग्रेस बाहिर पनि फैलिएको थियो। उनी उदार थिए र कार्यकर्ताको संरक्षण गर्दथे। काँग्रेसको आन्तरिक खिचातानीमा उनको निर्णायक भूमिका रहने गर्दथ्यो।

६.ज्ञानेन्द्रले सत्ता हत्याएपछि नेपाली राजनीतिमा केही समय अन्यौल छायो। काँग्रेसमा शेरबहादुर देउवा पक्षको दुर्र्दिन नै शुरु भयो । दरबारले छानीछानी देउवा पक्षका नेतालाई भ्रष्टाचारीको आरोप लगायो। त्यसवेला देउवा काँग्रेसका महामन्त्री रहेका खड्काको विरोधमा पनि त्यो आरोप लाग्यो र उनले जेल सजाए पनि भोगे। त्यसैवेलादेखि राजनीति गर्नेहरुले न्यायिक क्षेत्रमा आफ्नो कोही हुनुपदोर्रहेछ भन्ने महसुस गरेको चर्चा छ।

७. उनले राजनीतिको उतार-चढाव देखे। अन्धकार र उज्यालो पनि भोगे। उनी अत्यन्त चर्चित र प्रभावशाली नेता पनि भए भने भ्रष्टाचारको आरोपमा जेल जीवन पनि बिताए। भ्रष्टाचारको आरोप लागेपछि उनको प्रभाव घट्दै गयो। तापनि काँग्रेसी वृत्तमा उनको प्रभाव रहिरहेको थियो। उनको निधनमा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै शोक व्यक्त जारी गरेका छन्।