पाकिस्तानका नयाँ प्रधानमन्त्री

१. पाकिस्तानका पहिलेका ख्यात्रि्राप्त क्रिकेट खेलाडी इमरान खान राजनीतिमा आएको करिव दुर्इ दशकमा त्यस देशका प्रधानमन्त्री निर्वाचित भएका छन्। नेशनल एसेम्वलीमा शुक्रवार भएको मतदानमा उनले एक सय ७६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी सेहवाज सरीफले ९६ मत मात्र पाएका थिए।

२. फिल्मी क्षेत्रबाट राजनीतिमा आएर शीष्ा स्थानमा पुगेकाहरु धेरै देखिन्छन्। तर खेलाडीहरु राजनीतिमा आएर देशको नेतृत्व गर्नेहरू विरलै मध्ये इमरान खान एक भएका छन्। उनले क्रिकेटको मैदानमा पनि बाजी मारेका थिए भने राजनीतिमा पनि उनी देशका नेतृत्व तहमा पुगेका छन्।

३. राजनीतिक नेताहरुले देशलाई विकास गर्ने काम राम्ररी गर्न सकेनन् र भ्रष्टाचार गरे भने राजनीतिक नेताहरुको विकल्प सधैं नेताहरु मात्र हुँदैनन्। जनताले त्यस्ता नेताहरुको विकल्प अन्य क्षेत्रका नेताहरु पनि खोज्छन् भन्ने कुरा पाकिस्तानले देखाएको छ। अझ भनौं पाकिस्तानका इमरान खानले देखाएका छन्।

४. उनी राजनीतिक क्षेत्रमा त्यसै लागेका होइनन्। देशका नेताहरु भ्रष्ट भएका र पाकिस्तानलाई राम्रो दिशमा डोर्‍याउन नसकेका कारण उनी खेल मैदान परित्याग गरी राजनीतिक मैदानमा प्रवेश गरेका थिए। मैदानमा आएको दुर्इ दशकमा सफल हुनु उनको ठूलो बहादुरी हो।

५. प्रधानमन्त्री हुनु उनको एउटा सफलता हो। तर त्यो नै पर्याप्त होइन। उनको अगाडि धेरै चुनौतीहरू छन्। ती चुनौतीहरूलाई उनले के-कसरी सामना गर्छन्, त्यो महत्वपूर्ण कुरा छ। पाकिस्तान आतड्ढकारीहरुको सेल्टर जस्तै भएको छ। त्यसमाथि सेन्टर भएको आरोप पनि छ भने त्यो आफै पनि धेरै पटक आतड्ढवादीको शिकार भएको छ।

६. भारत त्यसको जन्मजात शत्रु देश जस्तै छ। भारतसँग सम्बन्ध सुधार्न अति आवश्यक छ। ती दुर्इको सम्बन्ध तनावपूर्ण भएकोले दक्षिण एशियामा नै त्यसको नराम्रो प्रभाव पर्छ। सार्कले त्यसको नराम्रो प्रतिफल बराबर भोग्दै आएको छ। सार्क सम्मेलन हुन नसक्नु त्यसैको परिणाम हो।

७. पाकिस्तानले कुनै बेला आपसमा अत्यन्त शत्रुभाव राख्ने अमेरिका र चीनसँग सुमधुर सम्बन्ध राखी भरपुर सहयोग प्राप्त गरेको थियो। अफगानिस्तानमा गृह युद्ध चर्केदेखि पाकिस्तानको दुर्दिन शुरु भयो। फौजी शासनको अधीनमा धेरै वर्ष रहेकोले पनि प्रजातन्त्र त्यहाँ राम्ररी फस्टाउन सकेको छैन। अहिले यो राम्रो अवसर हो कि नयाँ प्रधानमन्त्रीले सबै चुनौतीको बुद्धिमत्तापूर्वक सामना गरी भ्रष्टाचारमुक्त देश बनाउनु पर्दछ र लोकतन्त्रलाई सुदृढ संगठित पार्नु पर्दछ।